प्रहरी अस्पतालमा पिसिआर परीक्षणको मोलेकुलर इकाइ स्थापना

नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कोरोना भाइरस (कोभिड-१९)को पिसिआर परीक्षण सञ्चालनका मोलेकुलर परीक्षण इकाइ स्थापना भएको छ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सो इकाइको मंगलबार उद्घाटन गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले लकडाउन कार्यान्वयन तथा कोरोना संक्रमण रोकथामको लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्माचारीहरू संक्रमणको जोखिम उच्च रहेको उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालले सञ्चालन गर्ने गरी इकाइको स्थापना हुनु सबैको लागि सुखद् भएको बताए।

प्रहरी महानिरीक्षक ज्ञवालीले पिसिआर ल्याबबाट अधिकभन्दा अधिक प्रहरी कर्माचारीहरू लाभान्वित हुने विश्वास गरे। छोटो समयमा इकाइको स्थापना भएको भन्दै उनले प्रहरी अस्पताललाई धन्यवाद दिए।

सो अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगन्जकी मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले उक्त इकाइ सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिन्।

उनले नेपाल प्रहरी अस्पताललाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएको नबिनतम् प्रविधि र पद्दतिलाई अङगिकार गरी स्वास्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्ने र उन्नत अस्पतालको रुपमा विकास गरिने बताइन्।

उक्त इकाइ १ करोड १९ लाख ३९ हजार रुपैयाँको लागतमा स्थापना गरिएको र तत्काल सञ्चालनमा आउने उनले जानकारी दिइन्।

उद्‍घाटन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले मोलेकुलर परीक्षण इकाइ स्थापना गर्न उत्कृष्ट काम गर्ने ८ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कार वितरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय