झापा थपिए ५ कोरोना संक्रमित

झापामा मंगलबार (आज) पाँचजना कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमण पुष्टि हुनेमा दुई महिला र तीन पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

कनकाई नगरपालिकाका दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो। मेचीनगरका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

कुवेतबाट घर फर्किएर आदर्श विद्या मन्दिर क्वारेन्टाइनमा बसेका कनकाई नगरपालिका ८ का दुई महिलामा कोरोना देखिएको हो।

त्यस्तै कनकाइ उद्योग बाणिज्य संघको क्वारेन्टाइनमा बसेका दुई पुरुषमा संक्रमण देखिएको हो। कनकाइ १ र ५ का ती पुरुष दुबई र ओमनबाट फर्केका हुन्।

मेचीनगरका संक्रमण पुष्टि भएका व्यक्ति भारतको हैदराबादबाट फर्केका हुन्। मेचीनगर १ को पवित्र माविको क्वारेन्टाइनमा रहेका सोही वडाका २५ वर्षीय पुरुषमा कोरानाको संक्रमण पुष्टि भएको सामाजिक विकास समिति मेचीनगर संयोजक नबिन बरालले बताए।

उनी असार ४ गते आएका थिए। मेचीनगरमा मात्र संक्रमितको संख्या २० पुगेको छ । झापामा कोरोना संक्रमितको सँख्या २३० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय