बुटवल अटोभिलेजका मजदूरलाई ‘अनिवार्य क्वारेन्टाइन’

बुटवल अटो ईन्जिनियर एशोसियसन मैनावगर बुटवलले वाहिरवाट आउने मजदुर र परिवारलाई अनिवार्य रूपमा क्वारेन्टाइन राखी काम गराउने निर्णय गरेको छ। कोरोना संक्रमणबाट बच्ने र सरकारले लागू गरेको लकडाउनको नियम पालना गर्ने गरी उक्त निर्णय गरिएको अटो भिलेजले जनाएको छ। अटोभिलेजमा काम गर्नेमध्ये करिब आधाजसो मजदुर भारतिय रहेका छन्।

सस्थाका अध्यक्ष बाबुलाल पाण्डेले संस्थाको आकश्मिक बैठकले देशभित्र तथा वाहिर रेडजोनबाट आएका मजदुर र मजदुर परिवारलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा वस्नुपर्ने निर्णय गरेको जानकारी दिए।

बुटवलको मैनावगरमा रहेको अटोभिलेजमा करिव ७ सय अटो व्यवसायी रहेका छन्। जहाँ रहेका करिव ८ हजार मजदुरमध्ये करिव ५० प्रतिशत मजदुर भारतिय मजदुर रहेका छन्। लकडाउन खुकुलो भएसँगै भारत र विभिन्न जिल्ला गएका मजदुर फर्किन थालेपछि कोरोना सक्रमणलाई ख्याल गर्दै यस्तो निर्णय गरिएको हो।

‘अटोभिलेजका अनुसार उनिहरुलाई होटल तथा सामुदायिक क्वारेन्टाइनमा राखिने छ। सरकारले जारि गरेको निर्देशन पालना गर्दै व्यवसाय खोल्न, वाहिरबाट फर्किएकहरू होटल वा सामुदायिक क्वारेन्टाइनमा अनिवार्य वस्नुपर्ने निर्णय भएको छ’, सस्थाका महासचिव तुल्सिराम न्यापानेले भने।

त्यस्तै ब्यवसायीले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र नलगाएमा जरिवाना सहित मास्कको पनि व्यवस्था गर्ने, अटो क्षेत्रमा आवश्यक मजदुरको लगतलिई तालिमको पनि व्यवस्था गर्ने निर्णय समेत सस्थाले गरेको छ।

बैठकमा सस्थाका सल्लाहकार टंक पोखरेल, नवराज पौडेल, प्रेस सल्लाहकार दामोदर खनाल, अटो व्यवसायी जनार्दन गैरे, सन्तोष पाण्डे, चिन्तामणि खनाल लगायतले वोल्दै अटोव्यवसायीले सरकारको नियमको पालना गर्दै व्यवसाय सचालन गर्नुपर्ने सुझाव दिएका थिए।

करिव साढे तीन महिनादेखि सार्वजनिक यातायात र स्कुल वसहरू नचलेका कारण अटो व्यवसाय पनि नराम्ररी प्रभावित  भएको अटो व्यवसायीले वताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय