सुदूरपश्चिममा थपिए १२१ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा सुदूरपश्चिमका विभिन्न जिल्लामा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २ हजार ४ सय ८७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका २७ (७ महिला र २० पुरुष) बाजुराका १ जना पुरुष, डडेल्धुराका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो।

यसैगरी बीर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा अछामका १ महिला बैतडीका १ पुरुष, डोटीका १५ (१ महिला र १४ पुरुषमा) कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसैगरी आजै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा बाजुराका ४८ (१६ महिला र ३२ पुरुष) मा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा बैतडीका ३ (१ महिला र २ पुरुष) बाजुराका २ (१ महिला र १ पुरुष) डडेल्धुरा २ महिला, डोटीका १५ (१३ महिला र २ पुरुष) र कैलालीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय