काठमाडौंमा थप १२ जनामा कोरोना, संक्रमित संख्या ७१ पुग्यो

काठमाडौंमा कोरोना संक्रमण दिन–दिनै बढिरहेको छ। मगंलबार काठमाडौंमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२ जनामा कोरोना संक्रमण दिएको बताए। उपत्यकामा मानिसहरुको भीडभाड बढेसँगै कोरोना संक्रमणको संख्या बढिरहेको छ।

उनका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ। यो सँगै काठमाडौंमा ७१ जनामा सक्रमण देखिएको छ। २७ जना निको भएर डिस्चार्ज भएका छन्। हालसम्म ३ हजार १ सय ९४ जना संक्रमण निको भएका छन्। कोरोना संक्रमणबाट मृत्यु हुने २९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय