जनस्वास्थ्य संघ भन्छ- कोरोना समुदायस्तरमै फैलिइसक्यो, भयावह अवस्था आउनसक्छ

नेपाल जनस्वास्थ्य संघले कोरोना भाइरस (कोभिड-१९) को महामारी समुदायस्तरमै फैलिसकेको भन्दै परीक्षण, ‘केस’ र कन्ट्रयाक ट्रेसिङ व्यापक नबनाए अब झन् भयावह अवस्था आउनसक्ने चेतावनी दिएको छ।

महामारी रोकथाम तथा नियन्त्रणमा राज्य चुक्दै जाँदा संक्रमण र मृत्यु बढ्ने संकेत देखिएको भन्दै संघले अहिले भइरहेका प्रयासले महामारी परास्त गर्न नसकिने ठहरसमेत गरेको छ।

संघ केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन आयोजना गरेरै सरकारलाई १३ बुँदे सुझावसमेत दिएको छ। संघका अध्यक्ष श्रीकृष्ण भट्टले सरकारले जे भने पनि कोरोना समुदाय स्तरमा फैलिइसकेको दाबी गरे ।

‘सरकारसँग कोरोना रोकथामका लागि उपयुक्त योजना छैन, तीन तहका सरकारबीच नै समन्वय र सहकार्य छैन,’ उनले भने, ‘यो अवस्थामा सुधार भएन भने त झन् भयावह अवस्था आउँछ।’

अध्यक्ष भट्टले महामारी रोकथामका लागि आधारभूत विषय केसको इन्भेस्टिगेसन र कन्ट्रयाक ट्रेसिङ हुन नसकेको टिप्पणी गरे । ‘कन्ट्रयाक ट्रेसिङका लागि निर्देशिकाअनुसार पालिकास्तरीय समितिहरू नै बनेका छैनन्,’ उनले भने ।

संघले महामारी उत्कर्षमा पुग्नसक्ने सम्भावना मध्यनगर गरेर त्यस्तो अवस्थामा स्वास्थ्य सेवाको पर्याप्त तयारीका लागि निजी र गैरसरकारी संघसंस्थासँग समन्वय गरेर जनशक्ति, पूर्वाधार र सामाग्रीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ।

‘यस अवस्थामा पनि नेपाल सरकारबाट सम्बन्धित सबै सरोकारवालासँगको समन्वयमा समयमै गम्भीरतापूर्वक सम्बोधन गर्न सकिएन भने संक्रमणको भयावह अवस्था सिर्जना भई देशले थेग्न नसक्ने अवस्था आउने निश्चित छ।’

संघ भन्छ- ‘यस अवस्थामा पनि नेपाल सरकारबाट सम्बन्धित सबै सरोकारवालासँगको समन्वयमा समयमै गम्भीरतापूर्वक सम्बोधन गर्न सकिएन भने संक्रमणको भयावह अवस्था सिर्जना भई देशले थेग्न नसक्ने अवस्था आउने निश्चित छ।’

संघले स्थानीय तहमा कम्तीमा एकजना स्नातक जनस्वास्थ्यर्की परिचालन गर्न, कन्ट्रयाक ट्रेसिङको र केस इन्भेस्टिगेसन टिम गठन गर्न, आरडिटी परीक्षण तत्काल बन्द गर्न, क्वारेन्टाइनमा बसेकाहरूको कम्तीमा तीन दिनभित्र पिसिआर परीक्षणपछि रिपोर्ट दिन अवस्था बनाउनसमेत सरकारलाई सुझाव दिएको छ।

संघका उपाध्यक्ष डा. कृष्णमान शाक्यले सरकारले दाबी गरेजस्तो विदेशबाट फर्किएर मान्छे र यिनका परिवारमा मात्रै कोरोना सीमित नरहेको घटनाले समुदायमा फैलिइसकेको पुष्टि हुने बताए ।

‘विदेश नगएका जनप्रतिनिधिहरू सेवा क्षेत्रमा काम गर्ने सर्वसाधारणमा संक्रमण देखिइरहेको छ, तर सरकार समुदायमा गएको छैन भनिरहन्छ,’ उनले भने ।

सचिव दीपेन्द्र खड्काले कोरोना उपचारमा संलग्न भएका १ सय ४७ स्वास्थ्यकर्मी संक्रमित भइसकेको भन्दै संक्रमण विकराल रुप लिनसक्ने चेतावनी दिए। उनले सरकारले महामारी नियन्त्रणका लागि जनस्वास्थ्यकर्मीको ज्ञानको अपमान र परिचालनलाई बेवास्ता गरिरहेको आरोप लगाए।

‘नीति, समन्वय र तालिमलगायतका क्षेत्रमा दरबन्दी भएका ठाउँमा पनि जनस्वास्थ्यकर्मीहरुकाे भूमिका खोसिएको छ, कन्ट्रयाक ट्रेसिङ, केस इन्भेस्टिगेसन टिममा पनि जनस्वास्थ्यकर्मीको प्रयोग नै भइरहेको छैन,’ उनले भने।

संघका अनुसार महामारीका परिचालन, अनुसन्धानदेखि नीति निर्माण र समन्वय गर्ने विशिष्टीकृत ज्ञान भएका स्नातकसम्मको शैक्षिक योग्यता भएका जनशक्ति मात्रै ६ हजारभन्दा बढी छन्। संघले उचित कामका लागि सोअनुसारको दक्षता भएकै जनशक्ति परिचालनमा समेत जोड दिएको छ।

कोभिड १९ महामारीमा अग्रपंतिमा खटिएका स्वास्थ्य कर्मीहरुको सुरक्षा, आवश्यक जोखिम भत्ता तथा आवधिक रुपमा अनिवार्य पिसिआार टेस्ट र विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार एक हप्ता काम गरेपछि अनिवार्य क्वारेन्टाइनमा बस्ने आवश्यक वातावरण मिलाउने।

नेपाल जनस्वास्थ्य संघको प्रेस वक्तव्य

आदरणीय नेपाल जनस्वास्थ्य संघका अध्यक्षज्यू तथा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न मिडियाबाट पाल्नु हुने पत्रकारज्यूहरु

नेपाल जनस्वास्थ्य संघद्धारा आयोजना गरिएको यस महत्वपूर्ण पत्रकार सम्मेलनमा हार्दिक स्वागत छ ।

विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण हाल नेपालमा द्रुत गतिमा फैलिएर ७७ वटै जिल्लामा फैलिसकेको सर्ब विदितै छ । यसका लागि सरकारबाट भएका रोकथाम तथा नियन्त्रणका प्रयासहरु प्रभावकारी हुन सकिरहेको छैन र सर्बसाधारण तथा समुदायबाट पनि पर्याप्त सजगता अपनाइएको पाइएको छैन ।

यस महामारीको लागि समयमै गर्नुपर्ने पर्याप्त पूर्व तयारी तथा ब्यबस्थापनमा केही त्रुटी एवम् कमजोरी रहेकोले महामारीको अबस्थामा हाल संक्रमण समुदाय स्तरमै प्रवेश गरिसकेको बुझिएकोछ ।

यस अबस्थामा पनि नेपाल सरकारबाट सम्बन्धित सबै सरोकारवालाहरु संगको समन्वयमा समयमै गम्भिरता पूर्वक सम्बोधन गर्न सकिएन भने संक्रमणको भयावह अवस्था सिर्जना भई देशले थेग्न नसक्ने अवस्था आउने निश्चित छ ।

तसर्थ जनस्वास्थ्य कर्मीहरुको पेशागत संगठनको रूपमा जनस्वास्थ्य क्षेत्रको यस गम्भीर परिस्थितिमा यस महामारीलाई रोकथाम तथा नियन्त्रणमा देखिएका सुधार गर्नुपर्ने पक्षहरुलाई तत्काल सम्बोधन गर्नका लागि तीनै तहका सरकार बिशेषत, यसमा नेतृत्व लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सरकारका संबद्ध निकाहरु, प्रदेश तथा स्थानीय सरकार, सम्वन्धित सबै सरोकारवाला संघसंस्था, नागरिक समाज तथा जनसाधारणको गम्भिर ध्यानाकर्षण गराउन का लागि यो पत्रकार सम्मेलनको आयोजना गरेका छौ ।

१.Quarantinesकेन्द्रहरुको गुणस्तर कमजोर भएको पाइएको तथा उक्त केन्द्रहरुबाट थप संक्रमण बढ्न सक्ने देखिएको हुनाले त्तगबचबलतष्लभ केन्द्रहरुमा निर्देशिका अनुसार अत्याबश्यक सुबिधाहरु, स्वास्थ्य सेवातथा सुरक्षा र स्वास्थ्य सम्वन्धी अभिमुखिकरणको ब्यबस्था गरी तहगत रुपमा अनुगमनको गर्न जिम्मेवारी तोक्ने ।

२. हालको बर्तमान अबस्थामा जनस्वास्थ्यकर्र्र्मीहरुको महत्वपूर्ण भूमिका देखिएको र स्थानिय तहमा गुणस्तरीय तथा प्रभाबकारी कार्यमा समेत जनस्वास्थ्य कर्मीको भूमिका रहेको हुनाले कम्तिमा जनस्वास्थ्य अधिकृत न्यूनतम शैक्षिक योग्यता जनस्वास्थ्य बिषयमा स्नातक उत्तिर्ण०को तहका लागि पद कायम गर्ने।

३. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारि गरेको CICTT गठन सम्बन्धि निर्देशिकाको मर्म अनुसार अधिकांश पालिकाहरुमा    CICTT गठन नभएको देखिएकोले निर्देशिका अनुसार जनास्वस्थ्य कर्मी न्यूनतम शैक्षिक योग्यता जनस्वास्थ्य बिषयमा स्नातक उत्तिर्ण को नेतृत्वमा उक्त टोली गठन गर्न तथा उक्त टोलीको सक्रिय परिचालनका लागि आवश्यक श्रोत ब्यबस्थापन गर्ने।

४ .हाल कोभिड १९ महामारी को अबस्थामा नेपाल सरकार अन्तर्गतका जनस्वाथ्य कर्मीहरुको महत्वपूर्ण भूमिका रहन्छतर स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमा केहि जनस्वास्थ्य बिज्ञहरुलाई जिम्मेवारी बिहिन बनाइएको हुनाले उहाँहरुलाई उपयुक्त भूमिकाका सहित जिम्मेवारी दिनु पर्ने तथा आवश्यकता अनुसार जनस्वास्थ्य विज्ञहरुलाई नियुक्त गरी परिचालन गर्ने ।

५.कोभिड १९ महामारीमा अग्रपंतिमा खटिएका स्वास्थ्य कर्मीहरुको सुरक्षा, आवश्यक जोखिम भत्ता तथा आवधिक रुपमा अनिबार्य PCR Test र विश्व स्वास्थ्य संगठनको निर्दशिका अनुसार एक हप्ताकाम गरे पछि अनिवार्य क्वारेन्टाइनमा बस्ने आवश्यक बाताबरण मिलाउने।

६.कोभिड १९ महामारीमा खटिएका स्वास्थ्य कर्मीहरुलाई यस रोग तथा यसको रोकथाम तथा नियन्त्रणका बारेमा अत्यन्त कम तालिम तथा अभिमुखिकरण गरिएको पाइएकोले उहाँहरुलाई क्रमशः समुहगत रुपमा उपयुक्त तरिका अपनाई आबश्यक तालिम तथा अभिमुखिकरणको आयोजना गर्ने ।
७.सेवा क्षेत्रमा अग्र पङतमिा काम गर्ने सुरक्षा निकाय, खानेपानी तथा सरसफाइ, बैंक तथा अन्य कार्यालय र ग्राहक संग नजिको संपर्क हुने पसल संचालकहरुको अनिवार्य PCR गर्न आवश्यक बाताबरण मिलाउने।
८.Case Investigation and Contact Tracing लाई प्रभाबकारी बनाउनका लागि स्वास्थ्यका विभिन्न व्याबसायिक संघ तथा संगठनहरु संग समन्वय गरी परिचालन गर्ने।

९.कोरोना भाइरसको परीक्षणमा RDT परीक्षणलाई पूर्ण रुपमा बन्द गर्ने तथा लागि ल्याबको सुविधा बृद्धि गरी च्त् एऋच् परीक्षणको दायरा बढाएर ३ दिन भित्रमा परिणाम आउने ब्यबस्था गर्ने ।

१०.आगामी दिनमा यस महामारी उत्कर्षमा पुग्न सक्ने सम्भावनालाई मध्यनजर गरी सोही अनुसारको परिमाणमा नीजि तथा गैरसरकारी संघसंस्थाहरु संग समन्वय गरी आबश्य जन शक्ति, पूर्वाधार तथा सामग्रीहरुको तयारी गरी अत्यावश्यक स्वास्थ्य सेवा ब्यबस्थापनका लागि तत्काल योजना बनाउने

११. मौसम परिवर्तन संगै कोरोना भन्दा बाहेकका अन्य संक्रामक रोगहरुको पनि महामारी फैलिन सक्ने भएकाले उक्त रोगहरु फैलिन नदिन आवश्यक पूर्ब तयारी गर्ने र गर्भबती, नवजात शिशु तथा सुरक्षित सुत्केरी सेवालाई अझ ब्यबस्थित गरी विशेषतः दुर्गम क्षेत्रमा पहुच सुधार गर्ने ।

१२.हल बन्दाबन्दी खुकुलो गरे संगै बैंक तथा कार्यालयहरु, सेवा क्षेत्रहरुमा जनसाधारणहरु सामाजिक दूरी कायम गर्ने तथा मास्कको प्रयोग गर्ने र साबुन पानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्ने विषयमा लापर्बाही भई जन समुदाय संक्रमणको अत्यन्त जोखिमा देखिएकोले सो सुधारका लागि संघसंस्था तथा नागरिक समाज संग समन्वयमा आबश्यक जन चेतना मूलक गतिविधि संचालन गर्ने तथा सो का लागि कडा अनुगमन गर्ने ।

१३.कोभिड १९ महामारीको प्रभावकारी रोकथामका लागि समुदायमा ब्यापक जन चेतना बृद्धि गर्नका लागि हरेक वडामा टोल सुधार समिति गठन तथा क्रियाशिल बनाई सामाजिक संजाललाई ब्यापक परिचालन गर्ने ।

माथि उल्लेखित बुँदाहरुमा एक जनस्वास्थ्य पेशाकर्मीहरुको संगठनको हैसियतबाट सम्भव भए सम्म सरकारलाई सहयोग गर्न यस संघ कटिबद्ध रहेको कुरा पनि यहाँहरुलाई जानाकारी गराउँन चाहन्छु । यसै प्रेश बक्तब्य मार्फत् नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराउँदै यथासिघ्र कार्यान्वयन गर्न गराउन हार्दिक अनुरोध गर्दछौं ।

आशा एवं विश्वास छ हामीले उठाएका यि विषयहरुलाई सरकार तथा सम्बद्ध सबै सरोकारवाला निकायहरुले समयमै ध्यान दिई यस महामारीबाट नेपाली जनताको स्वस्थ बाँच्नपाउने संबैधानिक अधिकारलाई संरक्षण गर्नेछ ।

सम्पुर्ण पत्रकार मित्रहरुले हामीले उठाएका यि विषयहरुलाई यहाँहरुको टेलिभिजन, अनलाइन तथा छापा पत्रिका मार्फत नेपाल सरकार तथा सम्बद्ध सरोकारवाला निकाय सम्म पुर्याई सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछौं।

जय जनस्वास्थ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय