कोरोना लक्षण नभएको व्यक्तिबाट संक्रमण सर्दैन : स्वास्थ्य मन्त्रालय

कोरोना लक्षण नभएको व्यक्तिबाट संक्रमण नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ। दुई हप्ता सम्म मापदण्ड बमोजिम बसेका मानिसमा कोरोना सम्बन्धि कुनै लक्षण नभएर पिसिआर परीक्षण नगरि घर पठाउन सकिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

क्वारेन्टाइनमा पुर्ण नियम पालना गरेर फकिएका व्यक्तिलाई पिसिआर रिर्पोट नभएको भन्दै घरबेटीले बस्न नदिएको प्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको बताए।
राष्ट्रिय निर्देशिका विपरितको काम नगर्नको लागि सरोकारवालसँग आग्रह गरे।

हालसम्म नेपालमा १३ हजार ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय