त्रिवि शिक्षण अस्पतालमा घाँटीको शल्यक्रिया गरेका ४५ दिनका शिशुमा कोरोना संक्रमण

त्रिवि  शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण देखिएको छ। म्याग्दी घर भएका उनी ३ हप्ता अघि अस्पताल भर्ना भएका थिए। शिशुमा श्वासप्रवासमा समस्या आएपछि सोमबार घाँटीको शल्यक्रिया गरिएको अस्पतालका कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले जानकारी दिए।

शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा. दासले बताए। श्वासप्रवासमा समस्या आएपछि सुरक्षा अपनाएर हामीले शल्यक्रिया गर्यौ, आज विहान रिर्पोट पोजेटिभ आयो उनले भने।  शिशुको बुबा,आमाको कोरोना परीक्षण भने ४–५ दिनपछि गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय