नाङ्गै बनाएर महिलालाई एक्सरे गर्ने स्वास्थ्यकर्मीलाई ‘नैतिकताविरुद्धको मुद्दा’
दाङमा एक जना एक्सरे गर्ने प्राविधिकमाथि नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ।
गोर्खा पब्लिक हस्पिटल प्रालीमा सोमबार एक महिलाको छातीको एक्सरे गर्ने क्रममा सबै कपडा खोल्न लगाएको अभियोगमा त्यहाँका स्वास्थ्य प्राविधिक नवराज डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
डाँगीलाई हस्पिटलले नै अनुसन्धान र दोषी भए कारबाहीका लागि प्रहरीलाई बुझाएको प्रशासक दिनेश आचार्यले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला प्रशासन कार्यालयमा नैतिकताविरुद्धको कसुरमा मुद्धा दर्ता गराएको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन्।
एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ