विश्व कोरोना कहर : ५ लाख ७ हजार ५ सय बढीको मृत्यु, १ करोड ४ लाख बढी संक्रमित

छिमेकी भारतमा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या निरन्तर बढिरहेको छ।

सोमबार कोरोनाका कारण ३ सय ८४ जनाको मृत्यु भएको भारतमा मंगलबार ४ सय १७ जनाको ज्यान गएको छ।

बितेको चौबिस घण्टामा भारतमा १८ हजार ३ सय ३९ नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ। ज्यान

गुमाउनेको संख्या १६ हजार ९ सय ९ पुगेको छ।

भारतमा कोरोना भाइरसका कारण महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका कारण ७ हजार ६ सय १० जननाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ८३ जनामा संक्रमण देखिएको छ।

यसका साथै भारतको दिल्ली, उत्तर प्रदेश,पश्चिम बंगाल, तामिलनाडु, बिहार राज्य सबैभनदा बढी प्रभावित बनेका छन्।

भारतमा रहेका भाइरसका संक्रमितमध्ये ३ लाख ३५ हजार २ सय ७१ जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

बितेको चौबिस घण्टामा विश्वभर कोरोना भाइरसका कारण ३ हजार ४ सय २ जनाको मृत्यु भएको छ। भने १ लाख ६० हजार ४ सय ६८जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ७ हजार ५ सय १५ पुगेको छ। १ करोड ४ लाख २ हजार ६ सय ३७ जना संक्रमित भएका छन्।

सबैभन्दा बढी कोरोना अमेरिकामा थपिएका छन्। अमेरिकामा एकै दिनमा ४४ हजार ४ सय ५० जना भाइरसका नयाँ संक्रमित थपिएका छन्। त्यस्तै ३ सय ३७ जनाको मृत्यु भएको छ।

अमेरिकामा अहिलेसम्म भाइरसका कारण १ लाख २८ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ भने २६ लाख ८१ हजार ५ सय २७ जना संक्रमित छन्।

ब्राजिलमा एकदिनमा कोरोनाका कारण ७ सय २७ जनाको ज्यान गएको छ भने २५ हजार २ सय ३४ जना नयाँ संक्रमित थपिएका छन्। यहाँ भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५८हजार ३ सय ८५ पुगेको छ भने संक्रमितको संख्या १३ लाख ७० हजार ४ सय ८८ छ।

यसैगरी रुसमा एकदिनमा कोरोनाका काराण ९३ जनाको ज्यान गएको छ भने ६ हजार ७ सय १९ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै रसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ४१ हजार १ सय ५६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय