कोरोनामा आयुर्वेदिक चिकित्साको प्रयोग बढ्दो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि आधुनिक चिकित्सा विज्ञानले कुनै सफलता हात पार्न सकेको छैन। वैज्ञानिकदेखि मानिसहरू उपचारका लागि अनेक खोज–अनुसन्धानमा लागिपरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदिक चिकित्सा पद्धतिले केही स्थान पाइरहेको छ।

मानव शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउन विभिन्न जडिबुटी प्रयोग, योगासनका लागि आयुर्वेदिक चिकित्सकले सल्लाह दिँदै आइरहेका छन्।

पछिल्लो समय अधिंकास क्वारेन्टाइन, आइसोलेसन सेन्टरमा कोरोना संक्रमितलाई तनाव व्यवस्थापन तथा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन योग, आयुर्वेदिक औषधी सेवनको गर्ने प्रचलन बढ्दै गएको छ।

देशभर १ हजार १ सय हाराहारीमा सरकार क्षेत्रमा आयुर्वेदको जनशक्ति छ। प्रदेश तथा स्थानीय तहमा रहेका कर्मचारीले क्वारेन्टाइन र आइसोलेसनमा रहेका संक्रमितलाई योगाभ्यास प्रशिक्षण दिँदै आएको उनले बताए।

कोरोना–१९ रोकथामका उपाय तथा व्यवस्थापनको लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी भएको छ। यही निर्देशिका टेकेर होम आइसोलेसन, क्वारेन्टाइन र आइसोलेसनमा सेन्टरमा आयुर्वेदिक औषधी खुवाउने र योग गराउने क्रियाकलाप भइरहेको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागका महानिदेशक डा. वासुदेव उपाध्याय बताउँछन्।

‘कोरोना संक्रमणको त्रासबाट मानिसमा डिप्रेसनको समस्या बढिरहेको छ,’ डा. उपाध्यायले भने, ‘डिपे्रसन हुन नदिन क्वारेन्टाइनमा सेन्टरमा गएर योग–अभ्यास काम गरिरहेका छौं।’

क्वारेन्टाइन र आइसोलेसनमा रहेका संक्रमितले आयुर्वेदका औषधीबारे सकारात्मक टिप्पणी दिइरहेको उनले बताए।

‘आयुर्वेदको प्रयोगले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हो। तर, पूरै ठीक नै पार्ने होइन,’ उनले भने।

देशभर १ हजार १ सय हाराहारीमा सरकार क्षेत्रमा आयुर्वेदको जनशक्ति छ। प्रदेश तथा स्थानीय तहमा रहेका कर्मचारीले क्वारेन्टाइन र आइसोलेसनमा रहेका संक्रमितलाई योगाभ्यास प्रशिक्षण दिँदै आएको उनले बताए।

‘स्थानीय निकायमा रहेका आयुर्वेद संस्था तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरूले पायक पर्ने क्वारेन्टाइनमा गएर सेवा दिएका छन्,’ उनले भने, ‘हामीसँग जनशक्ति नै कम छ। वैद्य, कविराज, चिकित्सकमार्फत सेवा दिइरहेका छौं।’

यसको अनुगमनको काम सबै प्रदेश सरकारले गरिरहेको उनले बताए।

सेवाको माग बढ्दै

हेरक क्वारेन्टाइनमा गएर संक्रमित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई तनाव व्यवस्थापनको काम गर्दै आएको प्रदेश ५ का अस्पताल विकास तथा आयुर्वेद चिकित्सक महाशाखाका प्रमखु पुष्पराज पौडेल बताउँछन्।

भाइरसलाई पराजित गर्न आत्मबल नै बलियो हुनुपर्ने अनुभव स्वास्थ्यकर्मी गणेश बुढाथोकी बताउँछन्। भाइरस संक्रमणलाई जित्नका लागि आयुर्वेदिक औषधीले ठूलो भूमिका खेलेको उनको तर्क छ।

उनका अनुसार च्यावनप्रास, गुर्जो, अश्वगन्धा, चिकित्सकको निगरानीमा क्वारेन्टाइनमा रहेका संक्रमितमा वितरण गरिँदै आएको छ।

‘यी औषधीको सेवनले शरीरका दुखाइ, तापक्रम बढ्ने असाध्यै राम्रो काम गर्यो,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेका मानिसले सेवाको माग गर्दै आउनुभएको छ।’
बुटवलस्थित एन्फा टेन्निकल सेन्टर आइसोलेसनमा बिहान १ घण्टा प्राणयाम गराउने र आयुर्वेद औषधीको सेवन गराउँदै आएको छ।

‘प्रदेशभरको आइसोलेसन सेन्टरमा पुग्न सकिएको छैन। स्वास्थ्य संस्था र जनशक्ति नै कम रहेका छन्,’ डा. पौडेल भन्छन्, ‘तर, हामीले सके जति सेवा दिँदै आएका छौं।’

‘आयुर्वेद औषधी खाएर ठीक भएँ’

भाइरसलाई पराजित गर्न आत्मबल नै बलियो हुनुपर्ने अनुभव स्वास्थ्यकर्मी गणेश बुढाथोकी बताउँछन्। भाइरस संक्रमणलाई जित्नका लागि आयुर्वेदिक औषधीले ठूलो भूमिका खेलेको उनको तर्क छ।

अस्पतालबाट डिस्चार्ज भएसँगै हेल्थपोस्ट नेपालसँग कुरा गर्दै उनले भने, ‘हाम्रो वरिपरि पाइने जडिबुटी खाएर नै संक्रमणलाई जित्न सफल भएँ।’

अस्पतालले दैनिक तातोपानीमा च्यावनप्रास, अश्वगन्धा र गिलोई गरी तीनथरिका आयुर्वेदिक औषधी दिएको उनले सुनाए।

अस्पताल बसाइमा कुनै पनि मेडिकल औषधी नखाएको र जडिबुटी औषधीले आफूलाई ठिक पारेको बुढाथोकीको विश्वास छ।

आयुर्वेदिक औषधीसँगै बेसार पानी, गुर्जो कागती पानी, हर्रो, अदुवा जस्ता जडिबुटीजन्य औषधी सेवन गरी संक्रमण जित्न सफल भएको उनको तर्क छ।

बरु खाली समय गीत सुन्ने, परिवारसँग कुराकानी गर्ने, खेल खेलेर बिताइरहेको कारण नकारात्मक कुरा सोच्ने फुर्सद नहुँदा आफूलाई कोरोनाको भयबाट मुक्त भएका मानसिक रूपमा सबल भएर कोरोना जित्न सफल भएको उनले सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय