प्रदेश २ मा थप २५ जनामा संक्रमित पुष्टि

प्रदेश २ मा २५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा २५ जना कोरोना संक्रमित थपिएका हुन्। २५ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ३८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा धनुषामा ६, महोत्तरीमा ४, रौतहटमा ११, बारामा ३ र पर्सामा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

धनुषाको सहिदनगर नगरपालिका क्वारेन्टाइनका ६, महोत्तरीको सोनमा गाउँपालिका क्वारेन्टाइनका ४ र रौतहटको गौर अस्पताल, बौधीमाइ नगरपालिका, सखुवा क्वारेन्टाइन र जय किसान आइसोलसनमा रहेका ११ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, बाराको पचरौता नगरपालिकाका तीन र पर्साको सखुवा परसौनी गाउँपालिका क्वारेन्टाइनका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

४५ हाजर ५६२ जनाको स्वाब संकलन भएकोमा ३५ हजार ७६० जनामा निगेटिभ देखिएको छ भने ३ हजार ४१३ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश २ मा अहिले ५ हजार ३ सय जना क्वारेन्टाइन, १८ हजार ४४७ जना होम क्वारेन्टाइन र ७९१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय