परिवार नियोजन संघको सेवा चारदिनका लागि बन्द

हेल्थपोस्ट/दाङ
प्रकाशित
२०७७ असार १५ गते २०:००

नेपाल परिवार नियोजन संघ दाङ शाखामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि संघले चार दिनका लागि आफ्नो सेवा बन्द गरेको जनाएको छ।

सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका क्रममा नेपाल परिवार नियोजन दाङ शाखामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि संघले असार १६ गतेदेखि असार १९ गतेसम्मका लागि सेवा बन्द गर्न लागेको हो।

संघका शाखा प्रवन्धक बसन्त खनालले एक प्रेस विज्ञप्ति जारी गरि शाखाको परिवार स्वास्थ्य केन्द्र परिसर निर्मलीकरण गर्नुपर्ने, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परिक्षण गर्नुपर्ने भएकाले चार दिनकालागि सेवा बन्द हुने भएको हो।

असार २० गते शनिबार भएकाले संघले आइतबारदेखि नियमित सेवा पुन: सुचारु गर्ने विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय