स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमण बढ्दै छ, अनावश्यक घर बाहिर ननिस्कौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक काम नपरि घर बाहिर ननिस्कनको लागि सर्वसाधरणलाई अपिल गरेको छ। काठमाडौं जस्ता घनाबस्तीहरुमा कोरोनाको संक्रमण बढ्न थालेपछि मन्त्रालयले सो जानकारी गराएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले अत्यावश्यक काम बाहेक बाहिर नस्किन अनुरोध गरेका हुन्।  घर बाहिर निस्कँदा अनिवार्य रुपमा दुई मिटरको दुरी कायम गर्न तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न डा. गौतमले सुझाव दिए।

‘काठमाडौं उपत्यकाजस्ता घना बस्ती भएको शहरमा कोरोनाभाइरसको संक्रमण वृद्धि भइरहेको छ, उनले भने,‘दुई मिटरको दूरी कायम गर्नुहोस, मास्क प्रयोग,साबुन पानीले मिचिमिची हात धुनुहोुस, अत्यावश्यक काम नपरी घरबाट ननिस्कनुहोस साथै वृद्धवृद्धालाई थप सुरक्षामा राख्नुहोस ।’

लकडाउन खुकुलो भएसँगै मानिसहरुको भीडभाड बढेको आवश्यक सावधानि नअपनाएको हुँदा संक्रमण फैलिरहेको मन्त्रालयले जनाएको छ।  हालसम्म नेपालमा १३ हजार २४८ कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय