सुदूरपश्चिममा थपिए १ सय ९७ संक्रमित

सुदूरपश्चिम प्रदेशमा पछिललो २४ घण्टाको अवधीमा थप १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार ब्रिफिङ कार्यक्रम मार्फत उपलब्ध तथ्याङ्क अनुसार पछिल्लो २५ घण्टामा बाजुराका ९८ (२८ महिला र ७०पुरुष) डोटीका ६९ (१७ महिला र ५२ पुरुष) कैलालीका ३० (८ महिला र २२ पुरुष) मा कोरोना संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिममा थपिएका संक्रमित मध्य त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा गरिएको परिक्षणमा बाजुराका ४६ (२० महिला र ४६ पुरुष) कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशाला गरिएको परीक्षणमा पनि बाजुराकै ३२ (८ महिला २४ पुरुष) मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको।

यसैगरी आजनै सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका २९ (८ महिला र २१) तथा डोटीका ६९ (१७ महिला र ५२ पुरुष) मा संक्रमण पुष्टि भएको छ। यसका साथै चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणमा कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय