दाङमा थपिए ५८ संक्रमित

दाङमा सोमबार थप ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब पर‌ीक्षणका क्रममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भउको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा ३६ जना पुरुष र २२ जना महिलाहरु रहेका छन्। संक्रमित हुनेमा गढवा गाउँपालिकाका २२ जना, बबई गाउँपालिकाका १० जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, घोराही उपमहानगरपालिकाका ६ जना, राप्ती गाउँपालिकाका ५ जना, शान्तिनगर गाउँपालिकाका २ जना र दंगीशरण गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

संक्रमित मध्य राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना महिला स्वास्थ्यकर्मी रहेकी छिन्। त्यस्तै घोराहीमा रहेको रिपमुर्दन गणमा कार्यरत थप एक जनामा कोरोना संक्रमण देखिएको छ।

यसअघि पनि कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका एक जना नेपाली सेनाका जवानमा कोरोना संक्रमण देखिएको थियो। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ६८ जना पुगेको छ। उनीहरू अधिकांश भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरू रहेकाछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय