सोमबार थप ४७६ जनामा कोरोना, संक्रमण संख्या १३ हजार २४८ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। सोमबार मात्रै देशमा ४७६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ४७६ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या १३ हजार २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ।

आइतबार १ सय २१ जना कोरोना जितेर घर फर्किएका छन्। अहिलेसम्म ३ हजार १ सय ३४ जना संक्रमण निको भएका छन्। जसमध्ये २६६ महिला र २ हजार ८ सय ६६ पुरुष रहेका छन्।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने २९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय