कोरोना संक्रमित मृत्यु : पूर्वसावधानीले रोकिएन स्टारको सेवा

स्टार अस्पतालमा मृत्यु भएका रौतहटका २९ वर्षे युवामा कोरोना संक्रमण पुष्टि भए पनि स्टार अस्पतालमा कुनै सेवा नरोकिएको अस्पतालले जनाएको छ । रौतहटका २९ वर्षका पुरुषको शनिबार राती मृत्यु भएको हो। 

संक्रमित भेटिएसँगै अस्पताल सिल गर्ने र सेवा नै बन्द गर्ने घटना बढिरहेको समयमा स्टारले भने सुरुदेखि नै पूर्वसावधानी अपनाएका कारण सम्पर्कमा आएका थोरै जनशक्ति क्वारेन्टाइनमा गए पनि अन्य कुनै पनि सेवा नरोकिएको अस्पतालले जनाएको छ ।

अस्पतालले उहानमा कोरोना महामारी चलेदेखि नै अस्पतालमा अस्पताल प्रवेशदेखि नै विरामीको लक्षणका आधारमा शंकास्पद इर्मजेन्सीदेखि आइसियुसम्म नै छुट्याएर सेवा सुरु गरेको थियो । अस्पतालले बजारमा व्यक्तिगत सुरक्षा सामग्री अभाव हुँदासमेत आफै पिपिई बनाएर गेटदेखि नै सेवामा खटिने जनशक्तिलाई उपलब्ध गराएको थियो ।

अस्पतालका प्रवन्ध निर्देशक डा.शैल रुपाखेतीले मृत्यु भएका संक्रमितलाई भर्ना गर्दादेखि आइसोलेटेड आइसियुमा राखिएको र मृत्युपछि शबको व्यवस्थापनसमेत मापदण्डअनुसार नै गरिएकोले अस्पताल सेवा रोक्नु नपरेको बताए । ‘हामीले ती बिरामी एक्पोज भएका ठाउँहरुलाई तत्कालै निसंक्रमण गरिसकेका छौ, एक्पोज भएका र आफूलाई शंका लागेका स्वास्थ्यकर्मी र कर्मचारी पनि अस्पतालमै क्वारेन्टाइनमा हुनुहुन्छ’ उनले भने, ‘कुनै पनि सेवा रोक्नु परेको छैन्’

सुरुमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट सुरु भएको अस्पताल सिल गर्ने शृङ्खला, काठमाडौं मेडिकल कलेज, सेती अस्पताल, नेपाल प्रहरी अस्पताल, निदान अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलगायता अस्पतालमा आइपुग्दासमेत जारी छ ।

मृत्युपछि कोरोना पुष्टि भएका ती युवा पनि विभिन्न अस्पताल पुग्दा भर्ना नलिएपछि अन्तिम अवस्थामा अस्पताल पुर्याइएका थिए । अस्पतालले बिरामी नफर्काउने नीतिअनुसार नै श्वास प्रश्वासका समस्यादेखिएका कारणले सुरुदेखिनै कोरोनाको शंका गरिएको थियो । ‘बिरामी भर्ना गर्दादेखि उपचारका क्रममा पनि हामीले कोरोना भएको हुनुपर्छ भनेर काम गरिरहेका थियौं’ डा. रुपाखेतीले भने ।

अस्पतालहरुले खटिने आकस्मिक कक्षमा बिरामीको लक्षण र अवस्थाका आधारमा वर्गीकरण गर्ने प्रणाली (ट्रियाज) लागु नगर्ने, जनशक्तिलाई प्रंयाप्त व्यक्तिगत सुरक्षा सामग्री उपचार गराउँन नसक्दा र कोरोना परीक्षणमा सरकारी नीतिका कारण अस्पतालहरु सिल गर्नुपर्ने घटना बढ्दै गएको छ ।

सुरुमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट सुरु भएको अस्पताल सिल गर्ने शृङ्खला, काठमाडौं मेडिकल कलेज, धनकुटा अस्पताल, सेती अस्पताल, नेपाल प्रहरी अस्पताल, निदान अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलगायता अस्पतालमा आइपुग्दासमेत जारी छ ।

देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपनि सरकारले उपचारका प्रभावकारी तयारी गर्न नसक्दा जटिलता उत्पन्न भएका संक्रमितहरुले उपचार नै नपाएर मर्ने घटना बढ्दै गएका छन् । स्टारमा आइपुगेका युवा पनि विभिन्न अस्पताल चहार्दा पनि भर्ना नपाएर अस्पताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय