स्टार अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

सानेपा स्थित स्टार अस्पताल उपचाररत एक पुरुषको मृत्यु भएको छ। रौतहटका २९ वर्षका पुरुषको शनिबार राती मृत्यु भएको हो। मृतकको नमुना संकलन गर्दा कोरोना पुष्टि भएको ललितपुर जनस्वास्थ्य कार्यलयका प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

उनका अनुसार मृतकमा श्वासप्रश्वासको समस्या रहेको थियो। मृतकको स्वाव शनिबार राती नै लिएको र आइतबार बिहान रिर्पोट पोजेटिभ आएको गेलालले बताए।
मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

यद्यपी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी नै रहेको छ।  यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय