कोरोना प्रभावित भारत चौथो देश, साढे १६ हजारको मृत्यु, साढे ५ लाख संक्रमित

कोरोना भाइरसको संक्रमणदर र मृतकको संख्याका आधारमा चौथो नम्बरमा रहेको भारतमा चौबिस घण्टामै ३ सय ८४ जनाको मृत्यु भएको छ भने, १९ हजार ६ सय २० जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ८७ पुगेको छ। ५ लाख ४९ हजार १ सय ९७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ३ लाख २१ हजार ७ सय ७४ जना निको भएका छन्।

भारतमा रहेका संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। २ लाख १० हजार ९ सय ३६ जनाको उपचार भइरहेको छ।

बितेको चौबिस घण्टामा विश्वभर कोरोना भाइरसका कारण ३४ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने, १ लाख ६३ हजार ८४ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ भने, १ करोड २ लाख ३८ हजार १ सय ९९ जना संक्रमित छन्।

बितेको चौबिस घण्टामा सबैभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित अमेरिकामा थपिएका छन्।

अमेरिकामा एक दिनमा ४० हजार ५ सय २ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने २ सय ८५ जनाको मृत्यु भएको छ।

अमेरिकामा अहिलेसम्म भाइरसका कारण १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ भने २६ लाख ३७ हजार ३९ जना संक्रमित छन्।

ब्राजिलमा एकदिनमा कोरोनाका कारण ५ सय ५५ जनाको ज्यान गएको छ भने २९ हजार ३ सय १३ जना नयाँ संक्रमित थपिएका छन्।

ब्राजिलमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५७ हजार ६ सय ५ सय ९८ पुगेको छ भने संक्रमितको संख्या १३ लाख ४५ हजार २ सय ५४ पुगेको छ।

यसैगरी रसियामा एकदिनमा कोरोनाका काराण १ सय ४जनाको ज्यान गएको छ भने ६ हजार ७ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै रसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७३ पुगेको छ भने, संक्रमितको संख्या ६ लाख ३४ हजार ४ सय ३७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय