प्रदेश ५ मा ९२ जना कोरोना संक्रमित थपिए

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ असार १४ गते १९:५६

प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा ११ जना महिला र ८१ जना पुरुष गरी ९२ जना छन्।

मन्त्रालयका अनुसार प्युठानमा सबैभन्दा धेरै ५ महिला र २८ पुरुष गरी ३३ जना थपिएका हुन्। गुल्मीमा दुई महिला र १९ पुरुष गरी २१ जना, दाङमा दुई महिला र १५ पुरुष गरी १७ जना, कपिलवस्तुमा ९ जना पुरुष थपिएका छन्।

यस्तै, रुपन्देहीमा एक महिला र ३ पुरुष, पाल्पामा एकजना पुरुष, अर्घाखाँचीमा एक महिला र पाँच पुरुष गरी ६ जना र रोल्पामा एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।

आइतबार ४ बजेसम्मको तथ्यांकअनुसार कपिलवस्तुमा कुल संक्रमितको संख्या ७ ३९ पुगेको छ। पाल्पामा ४७०, दाङमा ४९९, बाँकेमा ३५६,रुपन्देहीमा ३०३,गुल्मीमा २९७,अर्घाखाँचीमा २६८, प्युठानमा २९९, बर्दियामा १६५, नवलपरासी पश्चिममा ८४, रोल्पामा ४७ र रुकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्ट भएको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या तीनहजार ५३१ पुगेको डा. चौधरीले बताए। उनका अनुसार प्रदेशमा पाँच हजार १६० जनाको पिसिआर प्रक्रियामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय