झापामा एक महिनाकी सुत्केरीलाई कोरोना संक्रमण
झापामा एक महिनाकी सुत्केरी महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ। उनी हल्दिबारी ५ कि स्थायी बासिन्दा हुन्।
नाबालक शिशुको रिपोर्ट नेगेटिभ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापा फोकल पर्सन जीवन चौलागाईंले बताए। सुत्केरी सहित अर्की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनी हल्दिबारी १ की महिला हुन्। उनी कुवेतबाट घर फर्केकी हुन्।
सुत्केरी महिला भारतबाट आएकी हुन्। दुवै जना हल्दिबारी हेल्थपोष्ट क्वारेन्टाइनमा बसेका थिए। सुत्केरी महिला २० र अर्की महिला २९ वर्षीया हुन्।
संक्रमित दुवैलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको फोकल पर्सन जीवन चौलागाईंले बताए।