दाङमा थप ३४ जनामा कोरोना संक्रमण

दाङमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइतवारर गरिएको स्वाब परिक्षणमा २७ पुरुष र ७ महिला गरि ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै दाङमा कोरोना संक्रमितको संख्या ५१० पुगेको छ। आइतबार बंगलाचुली गाउँपालिकामा थप १४ जना कोरोना संक्रमण देखिएको हो। जस मध्य वडा नं. १ का १ जना, वडा नं. २ का २ जना, वडा नं. ३ का १ जना, वडा नं. ४ का २ जना, वडा नं. ६ का ७ जना र वडा नं. ८ का एक जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन्।

त्यसैगररी राप्ती गाउँपालिका वडा नं. २ का ४ जना, वडा नं. ३ का ३ जना र वडा नं. ६ का १ जना गरि जम्मा ८ जना, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का १ जना, वडा नं. ६ का २ जना र थप ४ जना गरि ७ जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको ठेगाना नखुलेको प्रतिष्ठानले जनाएको छ। यसैगरी घोराही उपमहानगरपालिका वडा नं. १ का ४ जना र वडा नं. ४ का १ जना गरि ५ जनामा कोरोना संक्रमण देखिएको आचार्यले जानकारी दिएका छन।

प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा कपिलबस्तुका ५ जना पुरुष र रोल्पाका एक पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रतिष्ठानमा अझै एक हजार ६४ जनाको स्वाब परिक्षण हुन बाँकी छ। वितेको २४ घण्टामा प्रतिष्ठानमा ६ सय ७ जनाको स्वाब परिक्षण गर्दा दाङ, कपिलबस्तु र रोल्पाको गरि ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय