डाक्टर कुट्नेलाई कारबाही माग्दै काठमाडौंमा प्रदर्शन
डाक्टरमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। केही दिनअघि झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलका मेडिकल अफिसर सुधाकर झामाथि आक्रमण भएको थियो।
गत बिहीबार राति ९.३० बजे हुल बाँधेर हस्पिटल पुगेको १० र १५ जनाको समूहले डा. झामाथि आक्रमण गरेका थिए।
काठमाडौंमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डेलामा प्रदर्शन गरेका हुन्। लुम्बिनी मेडिकल कलेजका डा. झाका सहपाठी चिकित्सकको आह्वानमा भएको प्रदर्शनमा नेपाल चिकित्सक संघका पदाधिकारीहरु पनि समर्थन गर्न पुगेका थिए।