सुदूरपश्चिममा थपिए १ सय ९५ कोरोना संक्रमित

सुदूरपश्चिममा पछिल्लो २४ घण्टाको अवधीमा थप १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आज एक सय सय ९५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार तीन सय ९ पुगेको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ९५ जना, डडेल्धुरा र दार्चुलाका दुईजनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाजुराका २९ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराकै ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा डडेल्धुराका एक पुरुष र दार्चुलाका एक पुरुषमा कोरोनासंक्रमण पुष्टि भएको छ।

यता सुदूरपश्चिम प्रदेशको एक मात्र कोरोना प्रयोगशाला रहेका धनगढीमा गरिएको परिक्षण अनुसार डोटीका ६९ र कैलालीका २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी आर्दश गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिह गाउँपालिका दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना रहेका छन्।

यस्तै धनगढी उपमहानगरपालिकाका पाँच महिला र पाँच पुरुष गरी १० जना, कैलारी गाउँपालिकाका चार महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय