पर्साका तीन स्वास्थ्यकर्मीसहित २१ संक्रमितले जिते कोरोना

पर्सा जिल्लामा २१ जना संक्रमितले कोरोना जितेका छन्। पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत तीन जना स्वास्थ्यकर्मी र तीन जना महिला गरि २१ जनाले कोरोना जितेका हुन्।

आइसोलेसनमा बसेको १४ दिनपछि दोश्रो रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाकारी दिए।

संक्रमितमध्ये विन्दवासनी गाउँपालिकाका स्वास्थ्य प्रमुखसहित दुई जना स्वास्थ्यकर्मी र एक जना महिला कार्यालय सहयोगी गरि १० जनाले कोरानालाई जितेर घर फर्किएका छन्। पोखरीया नगरपालिकाका पाँच जना, पटेर्वासुगौली गाउँपालिकाका दुई जना, धोबनी गाउँपालिका, जिराभवानी गाउँपालिका, सुखवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका १/१ जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुने २१ जनामध्ये ११ जनामा गत जेठ ३२ गते र १० जनामा असार १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अब कोभिड अस्पतालमा ६ जना मात्रै उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय