देशभर थपिए ४६३ संक्रमित
नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। आइतबार मात्रै देशमा ४६३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ४६३ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या १२ हजार ७ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म ३ हजार १३ जना संक्रमण निको भएका छन्। आज मात्रै १ सय ७९ जना कोरोना जितेर घर फर्किएका छन्।