कर्णालीमा पिसिआर मेशिन बिग्रीएपछि ल्यावमा स्वाबको थुप्रो

कर्णालीको प्रदेश अस्पतालमा रहेको कोरोना विषेश अस्पतालको पिसिआर मेशिन बिग्रीएपछि समस्या उत्पन्न हुन थालेको छ। गत शुक्रबारदेखि मेशिनले काम गर्नछाडेपछि संकलन भएका स्याम्पलहरू ल्याबमै थन्किन थालेका छन्।

‘मेशिनमा समस्या उत्पन्न भएपछि संकलन भएका स्वाब स्याम्पललाई नेपालगञ्ज पठाइएको छ’, अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदिन न्यौपानेले भने, ‘शनिबार २५ वटा स्याम्पल हामीले नेपालगञ्ज पठाएका छौँ। मेसिन मर्मतकार्य भइरहेको छ। तर, कहिले बन्ने भन्ने निधो छैन। इञ्जिनियरहरू लागिरहनुभएको छ।’

पिसिआर मेशिलले काम नगर्दा सात सय ५० वटा स्वाब स्याम्पलहरू ऋस्पतालको ल्यावमै रोकिएका छन्। ‘डिस्चार्ज पेसेन्टबाट आएका स्याम्पलहरुलाई थाती राखी नयाँ स्याम्पलहरुलाई प्राथमिकता दिइएको छ। आज पनि मेसिन नबने कोरोना संक्रमण लक्षण देखिएका नयाँ विरामीका स्याम्पलहरूलाई नेपालगञ्ज पठाउने तयारी छ,’ डा. न्यौपानेले भने

स्वाबको स्याम्पलमा ‘आरएनए’बाट ‘डिएनए’ निकालेर कोरोना भाइरस रहेंनरहेको जाँच्नुपर्नेमा ‘डिएनए’ निकाल्नै मेशिनले समस्या देखाइरहेको उनले बताए।

काठमाडौंमा रहेको कोरोना विषेश अस्पतालका इञ्जिनियरहरुद्वारा मेसिन मर्मतका लागि हाल अनलाइन प्रयास भईरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय