सुदूरपश्चिमका कुन जिल्लामा कति संक्रमित?

सुदूरपश्चिम प्रदेशमा शनिबार मात्रै दुई सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको जम्मा संख्या दुई हजार ७६ पुगेको छ।

शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ र बझाङका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

जिल्लागत रुपमा हालसम्म कैलालीमा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने दार्चुलामा सबैभन्दा कम १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार जिल्लागत रुपमा हालसम्म सबैभन्दा बढी कैलालीमा ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै दार्चुलामा हालसम्म जम्मा १६ जनामा कारोना संक्रमण पुष्टि भएको छ।

निर्देशनालयको तथ्याङ्क अनुसार हाल सम्म अछाममा १ सय ३३, बैतडीमा २ सय ३१, बझाङमा ७२, बाजुरामा १ सय ९१, डडेलधुरामा २ सय २६, डोटीमा ३ सय २३, र कञ्चनपुरमा ३ सय ७ जनामा कोराना संक्रमण पुष्टि भएको छ।

हाल सम्म सुदूरपश्चिमबाट २१ हजार १ सय ११ जनाको स्वाव संकलन भएकोमा १६ हजार ९ सय ३५ को मात्रै परिक्षण भएको छ। परिक्षण भएका मध्य ९ हजार १ सय ४५ जनाको धनगढी प्रयोगशालामा र ७ हजार ६ सय ९४ जनाको स्वाव परिक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंमा गरिएको छ। सुदूरपश्चिममा आरडिटी र पिसिआर गरी जम्मा १ लाख २९ हजार ४ सय ६९ जनाको स्वाब संकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय