झापा र धनकुटामा पिसिआर ल्याब सञ्चालन हुँदै

सरकारले प्रदेश १ का झापा र धनकुटामा गरी थप दुई स्थानमा पिसिआर ल्याब सञ्चालनमा ल्याउने भएको छ। झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल र जिल्ला अस्पताल धनकुटामा ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो।

असार १० गते स्वास्थ्य तथा जनसंख्यामन्त्रीको उपस्थिति र असार १२ गते सचिवस्तरीय बैठकले प्रदेश १ को दुई स्थानमा ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रदेश १ को राजधानी विराटनगरको कोसी अञ्चल अस्पताल,  प्रादेशिक प्रयोगशाला विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याबसहितको कोभिड अस्पताल सञ्चालित छन्। मोरङको सुन्दर हरैंचास्थित गोठगाउँमा आइसोलेसन वार्ड सञ्चालनमा छ।

झापामा जनस्तरमा कनकाई नगरपालिका ३ को कोटीहोमस्थित समर्पण भवनमा पिसिआर ल्याब सञ्चालनको अन्तिम तयारी भएको छ। प्रदेश १ सरकारको अनुमतिमा उक्त ल्याब साउन १ देखि सञ्चालनमा आउने जनाइएको छ।

प्रदेश र संघीय सरकार दुवैको स्वीकृतिअनुरुप काम भए झापाका दुई स्थानमा पिसिआर ल्याब सञ्चालन हुनेछ। मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि प्रदेश १ सरकारले २३ करोड रुपैयाँ छुट्याइएको छ।

यसअघि नै मेची प्रादेशिक अस्पतालको निर्माणाधीन भवनमा कोरोना अस्पताल बनाउने चर्चा चलेको थियो। त्यहाँ कोरोना अस्पताल बनाउँदा मेची प्रादेशिक अस्पतालको नियमित सेवा प्रभावित हुने आवाज उठेपछि त्यो विषय त्यत्तिकै सेलाएको थियो।

कोभिड अस्पताल बनाउने चर्चा चलिरहेकै बेला मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पतालको आइसियू वार्ड सिल गरिएको थियो।

त्यसपछि पिसिआर ल्याब सञ्चालन गर्ने तयारी अन्योलमा परेको थियो। संघीय सरकारले गरेको  निर्णयसँगै स्थानीयमा ल्याब सञ्चालन हुने आस जागेको छ। देश १ कै कोरोना संक्रमणको हटस्पट  बनेको झापामा ल्याब सञ्चालनको माग विगतदेखि नै उठेको हो। झापामा कोरोना संक्रमितको संख्या २ सय १३ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय