भारतमा ५ लाख २९ हजारभन्दा बढी संक्रमित, एकैदिन ४१४ को मृत्यु 

बितेको चौबिस घण्टामा भारतमा कोरोनाबाट ४ सय १४ जनाको मृत्यु भएको छ भने २० हजार १ सय ३१ जना संक्रमित थपिएका छन्।
संक्रमितमध्ये  ३ लाख १० हजार १ सय ४७ जना उपचारपछि निको भएका छन्।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार १ सय ३ पुगेको छ, भने ५ लाख २९ हजार ५ सय ७७ जनामा संक्रमण रहेको छ।

भारतका महाराष्ट्र, तामिलनाडु, दिल्ली, तेलंगना, गुजरात, उत्तर प्रदेश, आन्ध्र प्रदेश तथा पश्चिम बंगाल कोरोना भाइरसबाट बढी प्रभावित बनेका छन्। संक्रमितको संख्याको करिब ८५ प्रतिशत र मृतक संख्याको ८७ प्रतिशत यिनै राज्यबाट रहेका छन्।

विश्वभर रहेका कोरोना भाइरसका संक्रमिचतमध्ये ५७ हजार ७ सय ४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ४० लाख ६३ हजार ४ सय ९० जनाको सामान्य रहेको छ।

विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड नजिक पुगेको छ।

आइतबार बिहानसम्म संक्रमितको संख्या एक करोड ८० हजार १ सय १५ पुगेको छ भने  ५ लाख १ हजार २ सय ६२ जनाको मृत्यु भएको छर संक्रमितमध्ये ५४ लाख ५३ हजार २ सय ४७ जना निको भएका छन्।

विश्वभर कोरोना भाइरसबाट एकैदिन ४ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ५ सय ६४ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। अमेरिकामा कोरोना भाइरसका कारण १ लाख २८ हजार १ सय ५२ जनाको ज्यान गएकोे छ, भने २५ लाख ९६ हजार ५ सय ३३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

वितेको  चौबिस घण्टामा मात्रै  अमेरिकामा ४३ हजार ५ सय ७७ जना नयाँ संक्रमित थपएिका छन् भने  ५ सय १२ जनाको मृत्यु भएको छ।

अमेरिका पछि कोरोना भाइरस प्रभावित ब्राजिलमा भाइरसका कारण ५७ हजार १ सय ३ जनाको ज्यान गएको छ भने १३ लाख १५ हजार ९ सय ४१ जना संक्रमित बनेका छन््। संक्रमितमध्ये ७ लाख १५ हजार ९ सय ५ जना निको भएका छन्।

ब्रजिलमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिररहेको छ। बितेको चौबिस घण्टामा ब्राजिलमा कोरोनाबाट ९ सय ९४ जनाको मृत्यु भएको छ भने ३५ हजार ८ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै कोरोना संक्रमणको तेस्रो नम्बरमा रहेको रसियामा भाइरसका कारण ८ हजार ९ सय ६९ जनाले ज्यान गुमाएका छन् भने  ६ लाख २७ हजार ६ सय ४६ जना संक्रमित छन्। रसियामा एकैदिन कोरोनाबाट १ सय ८८ जनाको मृृत्यु भएको छ भने ६ हजार ८ सय ५२ नयाँ संक्रमित थविएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय