स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा बढ्दै कोरोना संक्रमण

बंगलाचुली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष यनुराज खत्री चैतको दोस्रो सातादेखि वडामा क्वारेन्टाइन व्यवस्थापनमा खटेका थिए। क्वारेन्टाइनमा खटिएको बेला जेठ २० मा खत्रीलाई संक्रमण भएको पुष्टि भयो ।

कोरोना पुुष्टिसँगै उनि १७ दिन पालिकाको आइसोलेसन सेन्टरमा बसेर असार ५ गते घर फर्केका छन् । कोरोना संक्रमित हुने उनी जिल्लाका पहिलो जनप्रतिनिधि समेत हुन । नागरिकको व्यवस्थापनमा खट्दा संक्रमण भएछ’ उनले भने ‘अहिले संक्रमण जितेर घरमै बसेको छु ।’

वडा अध्यक्ष खत्रीले कोरोनालाई सजिलै जितेपनि अरुलाई हेलचक्राई नगर्न सुझाव दिए ।‘आफु सुरक्षित भएर मात्र जनताको सेवा गर्ने हो,त्यसैले सुरक्षित भएर जनताको सेवा लाग्न आग्रह गर्छु’–उनले भने ।

त्यस्तै देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ को जनता माध्यामिक विद्यालयको क्वारेन्टाइनमा खटेका दुई जना स्वास्थ्यकर्मीमा समेत जेठ १८ गते कोरोना संक्रमण देखिएको थियो ।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि १५ दिन बेलझुण्डी आइसोलेसनमा भर्ना भएका उनीहरु असार १ गते डिस्चार्ज भएर घर फर्केका थिए । जिल्लामा कोरोना संक्रमणको जोखिम बढिरहेका बेला स्वास्थकर्मी र जनप्रतिनिधि समेत जोखिममा छन् ।

करिव तीन महिनाको अवधिमा चारजना जनप्रतिनिधिसँगै १५ जना स्वास्थ्यकर्मीहरु कोरोना पुष्टि भैसकेको छ ।

रोजगारीका क्रममा भारतबाट फर्किएर क्वारेन्टाइन बसेका मानिसहरु जोखिम रहेपनि उनीहरुको व्यवस्थापन, काउन्सिलिङ र स्वाव संकलनका क्रममा स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधिले हेलचक्राई गरी पर्याप्त पूर्वसावधानी नअपनाउदा कोरोना संक्रमण बढ्ने गरेको छ ।

कोरोना विशेष अस्पताल तथा स्थानीय पालिकाहरुले निर्माण गरेका आइसोलेसन सेन्टरहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण नदेखिनु र अन्य अस्पतालमा कार्यरत स्वास्थकर्मीमा कोरोना संक्रमण देखिनु प्रयाप्त पूर्वसावधानी नअपनाउन रहेको स्वास्थ्कर्मी बताउने गरेका छन्।

अहिलेको जोखिमपूर्ण समयमा अस्पतालमा विरामी जाच्दा अस्पतालमा कार्यरत स्वास्थ्कर्मीदेखि क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जनप्रतिनिधिहरुले आवश्यक सावधानी नअपनाउदा स्वास्थ्कर्मी र जनप्रतिनिधिहरुमा संक्रमण देखिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक तथा हेल्थअसिटेन्ट दोर्ण वलीले बताए ।

‘आइसोलेसन अस्पताल र आइसोलेसन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुले अनिवार्य रुपमा सावधानी अपनाउने गरेका छन, जसले गर्दा उनीहरुमा संक्रमण सर्न सकेको छैन’–उनले भने–‘तर अन्य अस्पताल वा स्वास्थ्यचौकीमा विरामी जाच गर्नेदेखि स्वाव संकलनका क्रममा प्रयाप्त सावधानी देखिएन । जसले गर्दा उनीहरुमा संकक्रमण सरेको देखिन्छ ।’

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अनुसार हालसम्म जिल्लामा ४ जना जनप्रतिनिधि र १५ जना स्वास्थ्कर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनका अनुसार कोरोना संक्रमण बंगलाचुली गाउँपालिका दुई जना वडा अध्यक्षसँगै एक जना वडा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष छन् ।

त्यसै गरी १५ जना स्वास्थ्कर्मीहरु मध्य राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७ जना, घोराही उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिका दुई जना र राजपुर गाउँपालिका एक जना छन् । उनीहरु मध्य एक जना जनप्रतिनिधि र दुई जना स्वास्थ्कर्मी उपचारपछि निको भएर घर फर्किएका छन भने बाँकी उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय