कुवेतबाट आएका ५ महिलामा कोरोना संक्रमण पुष्टि

पोखरा महानगरपालिकाले बनाएको महिला क्वारेन्टाइनमा बसेका ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबै कुवेतबाट आएका हुन्। असार ४ मा आएका २, असार ६ मा आएका २ र असार ७ मा आएका एक महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए।

पोखराको नदीपुरस्थित पद्म नर्सिङ होममा बसेका वर्ष ४०, ३७, ३५, ३३ र ३० का महिलामा कोरोना संक्रमण देखिएको हो। संक्रमण पुष्टि हुनेमा वडा ५ की ४० वर्षे महिला, वडा १६ की ३३ र वडा १७ की ३५ वर्षे महिला छन्। त्यसबाहेक बाँकी २ महिला वडा ३२ का हुन्।

शनिबार साँझ पोखराका ५ सहित नवलपुरका ६ र स्याङ्जाका ५ जनामा कोरोना पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

संक्रमण देखिनेमा पोखराका ५ जानबाहेक नवलपुरको देवचुली नगरपालिकाका ३ पुरुष, ३ महिला, स्याङ्जाको भीरकोट नगरपालिकाका २ र गल्याङ नगरपालिकाका ३ पुरुष छन्।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५४ पुगेको छ। संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय