प्रदेश २ मा थपिए २९ कोरोना संक्रमित,४ हजार २८३ जनाको रिपोर्ट आउन बाँकी

प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित भएकाहरु मध्ये महोत्तरीका २४, धनुषाका ३ र बाराका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

२९ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ३१९ पुगेको छ ।संक्रमितमध्ये ३ हजार ११९ पुरुष र दुई सय महिला रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

संक्रमण पुष्टि भएकाहरु महोत्तरीको सम्सी गाउँपालिका, लोहारपट्टी र औरही नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका मानिसहरु रहेको झाले बताएका छन् ।धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित क्वारेन्टाइनका तीनजना पुरुषहरुमा संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

यसैगरी बाराको कामु प्यालेस होटल ९पेड क्वारेन्टाइन० मा रहेको एकजना ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ४२ हजार ६ जनाको स्वाब संकलन भएकोमा प्रदेश २ मा ३ हजार ३१९ जनामा पोजिटिभ रिपोर्ट आएको छ भने ३४ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छैन् ।

प्रदेश २ मा अझै ४ हजार २८३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय