कोरोनाबारे भ्रम फैलाउने जो कोही कारबाहीको दायरामा आउँछन् : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस बारे सर्वसाधारणलाई बहकाहेर भ्रम फैलाउने जो कोही कारबाहीको दायरामा ल्याउने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ।

बजारमा कोरोना भाइरस रिभुमिङ कार्ड बजारमा ल्याएर बिक्रि गर्न सरकारले स्वीकृति नदिएको भन्दै यस्ता कार्डले स्वास्थ्यमा उल्टो असर गर्ने बताउदै यसको प्रयोग नगर्न मन्त्रालयले सर्वसाधरणलाई अपिल समेत गरेको छ।

सो कार्डमा यस कार्डमा जडान गरिएका रसायनले मुटु फोक्सो र कलेजोमा गम्भीर असर गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘भाइरस रिभुमिङ कार्डका नामले कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने तथा व्यापार गर्न प्रयोजनका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठीत व्यक्तिहरुको गलामा विभिन्न तरिकाले झुन्डाउने र प्रचार बाजी गरेको देखिएको पाइयो डा. गौतमले भने,‘ व्यक्तिलाई भावनामा बहकाएर व्यक्तिगत स्वार्थका लागि जनस्वास्थ्य माथि खेलवाड नियम विपरित भएका  गतिविधिलाई कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडी ल्याइनेछ।’

भाइरस रिभुमिङ कार्ड पत्ता लगाएको र घाटीँमा झुन्डाएमा कोभिड रोग लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयमा मन्त्रालय गम्भीर भएको मन्त्रालयले जनाएको छ। यस किसिमको विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भई प्रक्रिया अनुसार सरकारले आफै उपलब्ध गराउने उनले बताए।

सत्तारुढ दल नेकपाको अहिले बसिरहेको स्थायीकमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दिएको भन्दै नेकपाका नेताहरुले घाँटीमा लगाएर बैठकमा सहभगी भएपछि यो कार्डको बारेमा चासो बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय