सुदूरपश्चिममा थप २३३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज दुई सय ३३ जनामा कोरोना पुष्टि भएको छ। देशका बिभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा सुदूरपश्चिमका २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, त्रिभुवन शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा गरि दुई सय ३३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ सय १० जना, त्रिभुवन शिक्षण अस्पतालमा ८२ जना, सेती प्रादेशीक अस्पताल प्रयोगशालामा ३५ जना र बिर अस्पतालमा ६ जना गरि जम्मा २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८/८ र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

उनका अनुसार शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने विर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ। सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा डोटीका २५ महिला, बैतडीका १ महिला र १ पुरुष, कैलालीका ५ महिला र १ पुरुष तथा कंचनपुरका २ पुरुषमा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या दुई हजार एक सय १९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय