७७ जिल्लामा कोरोना फैलियो, संक्रमित संख्या १२ हजार ३०९ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण दिन दिनै बढिरहेको छ। शनिबार थप देशभर ५५४ जनामा कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ५५४ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या १२ हजार ३ सय ९ पुगेको छ।
हालसम्म १२६९ जना महिला र १० हजार ९४० जना पुरुषमा संक्रमण देखिएको हो।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालका सबै जिल्लामा संक्रमण फैलिएको छ।

अहिलेसम्म २ हजार ८ सय ३४ संक्रमण निको भएका छन्। जसमध्ये २४१ महिला र २ हजार ५ सय ९२ पुरुष संक्रमण निको भएका हुन्। नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुने संख्या २८ पुगेको छ। पछिल्लो विवरण अनुसार कैलाली गोदावरि–७ का ५० वर्षका पुरुषको मृत्यु भएको छ।

भारतमा उपचार गराइरहेका उनी फोक्सोको समस्याबाट ग्रसित रहेका थिए। मृतक उपचारको क्रममा चितवन मेडिकल कलेज पुगेका थिए। उपचारको क्रममा ११ असारमा कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो।

रिर्पोट पोजेटिभ आएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा सारिएको थियो। उपचारको क्रममा असार १३ विहान ६ बजे मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय