तिलोत्तमा आइसोलेसनबाट कोरोना जितेर दुई जना घर फर्किए

तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित आइसोलेसन सेन्टरमा रहेको दुई जना घर फर्किएका छन्। उनिहरू कोरोनालाई जितेर आफ्नो घर फर्किएको नगरपालिकाले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भएको १४ दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरूलाई घर पठाइएको हो। उनीहरूलाई नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतले बधाई दिँदै घर पठाएका हुन्।

हाल तिलोत्तमाको आइसोलेशनमा १९ जना कोरोना संक्रमित उपचाररत रहेको तिलोत्तमाका स्वास्थ्य शाखाका ईश्वरी पौडेलले बताए। उनले संक्रमितको संख्यामा बृद्धि भएपछि तिलोत्तमा नगरपालिकामा थप ३० वेडको आइसोलेसन स्थापना गर्नका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए।

उनका अनुसार तिलोत्तमा नगरपालिकाको दुई वटा क्वारेन्टाइनमा अहिले २७२ जना व्यक्ति रहेका छन्। उनले केही दिन अघि आरडिटी नेगेटिभ आएका व्यक्तिमा नमूनाको रुपमा पिसिआर परीक्षण गर्दा ति मध्ये २ जनामा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा जोड दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय