मेचीनगरमा थपिए एक जना संक्रमित
झापाको मेचीनगरमा थप एक जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ।
भारतबाट आएर देवी प्रावि क्वारेन्टाइनमा बसेका युवामा संक्रमण पुष्टि भएको नगर प्रमुख विमल आचार्यले बताए।
कोरोना पुष्टि भएका युवा मेचीनगर- १ का बासिन्दा हुन्। १८ वर्षीय ति युवालाई उपचारका लागी मोरङको गोठगाउँ लगिएको छ।
आज नै दमकमा एक महिलासहित तीन जनामा कोरोना पुष्टि भएको थियो। दमक ४ का १ जना, दमक ३ का १ जना र दमक १ का १ जना रहेका छन्।
कुवेतबाट आएकी महिला र भारतबाट आएका पुरुषको रिपोर्ट पोजेटिभ देखिएको हो।