गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप ३२ जनामा शनिबार संक्रमण पुष्टि भएको छ।

स्याङ्जाको अर्जुनचौपारी र वालिङ, पुतलीबजार र बिरुवामा गरी २२ जना, बागलुङको काठेखोला र ढोरपाटनमा गरी ८ जना र नवलपुरकाे हुप्सेकाेटमा २ जनामा शनिबार बिहान संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालयका गण्डकीका अनुसार बागलुङको ढोरपाटनका १ पुरुष र काठेखोलाका ७ पुरुषमा कोरोना देखिएको छ।

स्याङ्जाको अर्जुनचौपारीमा १२ महिनाका शिशुसहित १३ पुरुष र ६ महिला, पुतलीबजारका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुषमा कोरोना देखिएको छ।

यसैगरी नवलपुरको हुप्सेकोट गाउँपालिकाका २ पुरुषमा कोरोना पुष्टि भएकाे छ।

हालसम्म प्रदेशभर १ सय १८ जना संक्रमित निको भएर घर फर्केका छन्। स्याङ्जाकाे वालिङ र अर्जुनचाैपारीका क्रमश ५८ र ५५ वर्षे २ पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय