पुरानो अवस्थामा फर्किदै कोहलपुर मेडिकल कलेज

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अब कोरोना अघिकै अवस्थामा बिरामीको उपचार गर्ने जनाएको छ। कोरोना महामारीका समयमा अधिकांश अस्पतालले सामान्य बिरामीको उपचार गर्न आनाकानी गरिरहेको गुनासो बढिरहेको समयमा नेपालगन्ज मेडिकल कलेजले भने उच्च सावधानी अपनाएर पुरानै अवस्थामा फर्किने जनाएको हो।

अस्पतालले कोरोना कहरका बीच पनि कुनै भेदभाव बिना बिरामीको स्वास्थ्य उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले शुक्रबार सञ्चारकर्मीलाई बताए।

‘मध्य तथा सुदूर पश्चिमको रेफरल सेन्टरको रुपमा रहेको शिक्षण अस्पतालले यस क्षेत्रका अति विपन्न बिरामीको नेपाल सरकारले तोकेको मापदन्ड अनुसार विशेष छुट दिई स्वास्थ्य सेवा दिँदै आएका छौं,’ उनले भने।

डा. कनौडियाका अनुसार, कोरोना महामारीले मुलुक आक्रान्त भएको असहज अवस्थामा पनि शिक्षण अस्पतालले यस क्षेत्रका हजारौं बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा दिएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल सरकारले शिक्षण अस्पताल कोहलपुरलाई कोरोना संक्रमित बिरामीको शल्यक्रियासहित उपचार हुने सुबिधा सम्पन्न अर्थात लेभल–३ स्तरको अस्पतालको घोषणा गरेको डा. कनोडियाले बताए। सोही अनुसार शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित मध्येका जटिल केशको सोही अनुसार उपचार गरेको उनले जानकारी दिए।

अस्पतालमा भर्ना भएका तीन कोरोना संक्रमितको शल्यक्रिया र उपचारपछि स्वास्थ्य लाभ गरेको उनले जानकारी दिए। अहिले उनीहरू तीनै जनालाई नर्मल वार्डमा राखिएको र अवस्था सामान्य रहेको उनको भनाई छ।

जिल्ला जनस्वास्थ्यको समन्वयमा भेरी अञ्चल अस्पतालले समयमा नै पिसिआर परिक्षण गरी सहयोग गरेकोमा उनले खुशी व्यक्त गरे। ‘विभिन्न समस्याका बाबजुद पनि हामी कोरोना संक्रमितको उपचार गर्न सफल भइरहेका छौं’, अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भने।

संबेदनशिल अबस्थामा पनि शिक्षण अस्पताल कोहलपुरले सबै किसिमका बिरामीलाई गुणस्तरिय उपचार सेवा दिँदै आएको उनको भनाइ छ। यस्तो बेला उच्च मनोबलका साथ सबै खाले विरामीको उपचारका खटिएका स्वास्थ्यकर्मीप्रति अस्पताल प्रशासनले खुशी व्यक्त गरेको छ।

अस्पतालले असार १४ गते आइतबारबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पहिले जस्तै सबै सेवा दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय