विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख ६४ हजार नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख ६४ हजार पुगेको छ। वल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार शनिबार बिहानसम्म संक्रमितको संख्या ९७ लाख ६४ हजार ९ सय ९७ पुगेको हो।
भारतमा मात्रै कूल संक्रमित संख्या पाँच लाख नाघेको छ। पछिल्लो तथ्याङ्क अनुसार भारतमा संक्रमित संख्या नौ हजार ४४६ पुगेको छ। त्यहाँ दैनिक १८ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन्।
शुक्रबार मात्रै १८ हजार १८५ नयाँ संक्रमित भेटिएका छन्। यो एकैदिन भेटिएको संक्रमितको अहिलेसम्मकै ठूलो संख्या हो।
भारतमा कूल १५ हजार ६८९ जनाको मृत्यु भएको छ। शुक्रबार ३८१ जनाको मृत्यु भयो।
यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९२ हजार ८ सय ७ पुगेको छ। सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मात्रै २४ लाख ६२ हजार ४ सय ७२ संक्रमित छन्। संक्रमणबाट अमेरिकामा १ लाख २४ हजार ९ सय ७८ जनाले ज्यान गुमाइसकेका छन्। ब्राजिलमा १२ लाख ७४ हजार ५ सय ८४ संक्रमित र ५५ हजार ९ सय ५७ को मृत्यु भएको छ।
अहिलेसम्म विश्वभर ४९ हजार १७ हजार ३ सय २८ जना निको भएर घर फर्किसकेका छन्।