कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाको सम्मान

दाङको बंगलाचुली गाउँपालिकाले कोरोना महामारिका समयमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामसँगै जनताको सेवामा खट्ने स्वाथ्यकर्मीहरुलाई सम्मान गरेको छ।

बंगलाचुली गाउँपालिकाको सातौँ गाउँसभाको अवसरमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले  स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसी, स्वास्थ्य शाखा सहसंयोजक ईन्द्राकुमारी घर्ती, स्वाव संंकलन टिमकोतर्फबाट टिम लिडर वरिष्ठ ल्याव असिस्टेन्ट हरि जिएम, ल्याव टेक्निसियन प्रतिक शर्मा,ल्याव असिस्टेन्ट डिला जिएम.र कार्यालय सहायक कमल अधिकारीलाई सम्मानपत्र, नगद तथा प्रसंशा पत्रले सम्मान गरिएको थियो।

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र स्युजाका डा.दिपेश आचार्य,सिनियर अनमी पम्फा पोखरेल, प्रतावित बंगलाचुली अस्पतालका डा.बसंन्त शाह, सिनियर अहेव नेवबहादुर केसी, स्वास्थ्य चौकी लोहारपानीका हेल्थअसिटेन्ट दिलिप बाँठामगर,सिनियर अहेव गोकर्णबहादुर बुढामगर, स्वाथ्यचौकी हाँसीपुरका सिनियर अहेव लालबहादुर घर्तीलगायतका स्वास्थ्यचौकीमाकार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो।

बंगलाचुली गाउँपालिकामा हालसम्म एक जना चिकित्सक, दुईजना वडा अध्यक्ष, एकजना वडा सदस्य,एकजना महिला स्वास्थ्य स्वंयसेविका, एकजना स्वंय सेवक र एक जना क्वारेन्टाइनका भान्सेसहित १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर जिसीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय