निर्देशिका विपरित नमुना संकलन गर्ने अस्पताल आफैँले परीक्षणको शुल्क तिनुपर्ने : स्वास्थ्य मन्त्रालय

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार १२ गते १९:०७

देशभरका सबै अस्पताललाई निर्देशिका विपरीत कुनै पनि नमुना संकलन नगर्नेको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरेको छ।

यदि, निर्देशिका विपरीत कुनै नमुना संकलनमा भएमा त्यस वापत भीटीएम परीक्षण लगायतका सम्पूर्ण खर्चहरु सम्बन्धित अस्पतालनै व्यहोर्नु पर्ने मन्त्रालय जनाएको छ।
मन्त्रालयले निर्देशिकाविपरीत नमूना संकलन नगर्न बारम्बार भनेपनि नरोकिएको जनाएको छ।

स्वास्थ्य आपतकालीन कार्यसंचालनका केन्द्रका प्रमुख डा. गुणराज लोहनीले सबै अस्पताललाई सो पत्रचार गराएका हुन।

कोभिड–१९ को परीक्षण र व्यवस्थापनका सन्दर्भमा विभिन्न निर्देशिकाहरू तयार गरी सार्वजनिक गरिएपनि विभिन्न अस्पतालहरूले निर्देशिकाविपरीत नमूनाहरू संकलन गर्दै परीक्षणका लागि प्रयोगशालाहरूमा पठाउने गरेको पाईएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय