१६८ केजी तौल भएकी महिलाको नर्भिकमा शल्यक्रियाबाट सुत्केरी

१६८ केजी असाधारण तौल भएकी एक महिलाको नर्भिक अस्पतालमा शल्यक्रियाबाट सुत्केरी (सिएस) भएको छ । काठमाडौंको कलङ्की निवासी ३१ वर्षीया मेरिना हमालकाको सफल शल्यक्रिया भएको हो ।

असार १० गते अपरान्ह ३ः१५ बजे अस्पतालको प्रसूति तथा स्त्रीरोग विभाग आएकी उनको ३७ हप्ता बच्चाको सुरक्षित जन्मका लागि प्रसुतिका लागि यस्तो शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार मोटोपनबाहेक उनमा मधुमेह, उच्चरक्तचाप, थाइराइडजस्ता कुनै पनि अन्य शारीरिक समस्या थिएन् । तर असाधारण तौल (१६८ के.जी.) र शारिरीक बनावटका कारण उपचार निकै कठिन थियो ।

अस्पतालकी प्रसुति रोग विशेषज्ञ डा. नुतन शर्माको नेतृत्वमा असार ११ गते विहान सफल शल्यक्रिया भएको हो ।

शल्यक्रियाबाट २.९५ केजी तौलको स्वस्थ शिशु निकालिएको छ । चिकित्सकहरुका अनुसार सामान्यतया ठूलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु कठिन मानिन्छ ।

अस्पतालले सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति सफल भएको नेपालमै पहिलो घटना हुनुपर्ने दावी गरेको छ ।

डा. शर्माले यो घटनाले मोटोपन मात्रै गर्भाधानको वाधक हुनसक्दैन भनेर प्रमाणित गरेका दावी गरिन् । ‘यसले जस्तोसुकै जटिलतालाई पनि प्रविधि र दक्षताले पार लगाउन सकिन्छ भन्ने पनि सिद्ध गरेको छ’ अस्पतालद्धारा जारी विज्ञाप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय