भैरहवामा एक नर्सलाई कोरोना संक्रमण

भैरहवामा एक नर्सलाई कोरोना संक्रमण देखिएको छ । उनि युनिभर्सल कलेज अफ मेडिकल साइसेन्सेज (युसिएमएस)मा आइसोलेसनमा कार्यरत हुन् । कलेजमा उपचारार्थ गुल्मी जिल्लाका एक जना बिरामीलाई कोरोना पोजेटिभ रिर्पोटलाई उपचारको क्रममा ति नर्समा सक्रमण भएको हुन सक्ने अस्पतालको आशंका छन् ।

कोरोना पोजेटिभ देखिएका गुल्मीका पुरुष कोरोना अस्पताल बुटवल धागो कारखानामा पठाइएकोे युसिएमएसका जनसम्पर्क अधिकारी सुशिल गुरुङले जानकारी दिए । ज्वरो आएका गुल्मीका पुरुषको उपचारका क्रममा कोरोनाको लक्षण देखिएकाले स्वाब परिक्षण गरिएकोमा पुरुषको कोरोना पोजेटिभ रिर्पोट आएको थियाे ।

त्यसपछि अस्पतालका ७ जनाको स्वाब संकलन गरिएकोमा एक जना नर्समा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण देखिएका नर्सको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय