कोरोना संक्रमितमा फरक लक्षण देखिएपछि उपचार चुनौतीपूर्णः डा. सागर राजभण्डारी

केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको छ। यस सँगसँगै मृत्युदर पनि बढिरहेको छ। नेपालको एकमात्र सरुवा रोग अस्पतालले पछिल्लो समय कोरोना संक्रमितको उपचार कसरी दिइरहेको भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग हेल्थपाेस्ट नेपालले गरेको कुराकानी :

पछिल्लो समयमा टेकु अस्पतालले कोरोना संक्रमितको उपचारमा कसरी काम गरिरहेको छ?
टेकु अस्पताले ८६ वर्षदेखि विभिन्न सरुवा रोगको व्यवस्थापन गर्दै आएको थियो। तर, नेपालमा माघ ९ मा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएदेखि निरन्तर रूपमा संक्रमित उपचारमा लागिपरेको छ। पछिल्लो ४ महिनादेखि अस्पताल कोरोना भाइरसको डेटिकेटड रूपमा विकसित भएको छ।

अस्पताल पहिला दिँदै आएका क्षयरोग, एचआईभी, डेंगु, मलेरिया, झाडापखाला रोगको सेवालाई अन्य अस्पतालमा सिफ्ट गरेका छौं। अस्पताल भर्ना भएका संक्रमितको लक्षणका आधारमा वर्गीकरण गरी उपचार दिइएको छ। सामान्य लक्षणमात्र देखिएका वा ज्वरो आएका संक्रमितलाई एन्टिबायोटिक र एन्टिफ्लूका औषधी दिँदै अवलोकन मात्रै गर्दै आएका छौं।

निमोनियाको जस्ता लक्षण भएका बिरामीलाई एक्स–रे तथा सिटी स्क्यानमार्फत सेवा दिइएको छ। निमोनिया भएपछि कुनै बिरामीलाई अक्सिजनको सहारामा उपचार गर्नुपर्ने हुन्छ। हामीले सबै कोठामा पाइपबाट अक्सिजन जाने बनाएका छौं। त्यसका लागि अक्सिजन प्लान्टको व्यवस्था छ।

श्वासप्रश्वासको समस्या भएका बिरामी वा शरीरका विभिन्न अगंहरूले काम नगर्नेका लागि आइसियू वा भेन्टिलेटरमा राखेर त्यसैअनुरुप उपचार भइरहेको छ।

टेकु अस्पतालले नै नेपालमा देखिएको पहिलो कोरोना केसको उपचार गरेको थियो। करिब ५ महिनाको अवधिमा कति मानिसले सेवा पाए त? अस्पततालको व्यवस्थापनमा के–के सुधार आयो?

कोरोना विशेष अस्पतालमा रहेको हुनाले अस्पतालभित्र सबै संरचना परिवर्तन भएका छन्। पहिला हामीसँग ३ शैय्याको आइसियू बेड रहेको थियो। अहिले हामीले २० शैय्या थप गरेका छौं। हाल अस्पतालसँग ९ भेन्टिलेट छ।

कोरोना अस्पतालका रूपमा परिचित भएपछि अस्पतालले त्यसैअनुसार आफ्नो क्षमता अभिवृद्धि गरेको छ।  अहिलेसम्म कोरोना शंकास्पद र संक्रमित झन्डै ६ सय केसलाई सेवा दिएका छौं। शुक्रबार १८ जना संक्रमितले उपचार लिइरहेका छन्।

भर्ना भएका संक्रमितमा के–के समस्या देखा पर्दै आएको छ?

विभिन्न देशहरूले केही औषधीको प्रयोग गर्दै आएको सुनिएको छ। तर, हामीले ती कुनै औषधी प्रयोग गर्दैनौं। कोरोना औषधि वा खोप फाइनलका रूपमा अझैसम्म प्रमाणित भइसकेको छैन। त्यसकारण हामीले संक्रमितको मुख्य उपचार लक्षणका आधारमा उपचार गर्दै आएका छौं।

कोही अफिसमा हाजिर हुने, अदालतमा बयान दिने व्यक्तिलाई, छुट्टीमा गएर आएका मानिसलाई परीक्षण गराएर केही फाइदा हुन्छ। जुन अनावश्यक हो। आवश्यक मानिसलाई चाहिने स्रोत अन्यले खर्च गरिदिनुभएन। जुन नगर्नका लागि हामीले केही रणनीति लिएका छौं। सबैको परीक्षण गर्न हामीलाई एकदमै गाह्रो भएको छ। त्यसकारण स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन हामीले अझै पनि खोजिरहेका छौं । मन्त्रालयले दिन सकेको छैन।

अस्पताल भर्ना भएका अधिकांस बिरामी दीर्घरोगी छन्। सुगरको समस्या, प्रेसरको औषधी सेवन गरेका, टिबी, दमका बिरामी छन्। भर्ना भएका संक्रमितमध्ये ३३ प्रतिशतलाई लक्षण देखिएको छ। पहिला कोरोना संक्रमण हुँदा ज्वरो आउने, सुक्खा खोकी लाग्ने जस्ता लक्षण देखिन्छ भन्दै आएका थियौं। तर, आजभोलि संक्रमितलाई नयाँ–नयाँ लक्षण देखिँदै आएको छ।

टाउको वा शरीर दुख्ने, सुन्ने शक्तिमा कमजोर हुने, खानेकुराको स्वाद नहुने, शरीरको विभिन्न भागमा खासगरी खुट्टा र हातमा दाग निस्कने, फोका आउने जस्ता लक्षण देखिरहेको छ। कोरोना संक्रमण भएसँगै अन्य रोगहरू भएका व्यक्तिलाई उपचार गर्नुपर्दा थप चुनौती देखा परिरहेको छ।

विभिन्न देशले औषधीको परीक्षण सुरु गर्दै आएका छन्। तर, नेपालमा किन परीक्षणको कार्य सुरु हुन नसकेको?

केही हप्ताभित्र विश्व स्वास्थ्य संगठन र राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा कुनै औषधी परीक्षण गर्न लागेका छौं। विश्व स्वास्थ्य संगठनले स्वीकारेका ४–५ प्रकारको नयाँ औषधीलाई परीक्षणमा ल्याउने काम गर्न लागेका हौं।

औषधी परीक्षण गर्दा एक संक्रमितलाई रियल औषधि दिने तथा अर्को संक्रमितलाई पाउडर दिन्छौं। जुन अनुसन्धान गर्न मानिस मात्र यो विषयमा जानकार हुन्छ। वास्तविक औषधी सेवन गर्नेलाई के फरक पर्यौं र नखानेलाई के भयो, त्यसको तुलना गरेर हेरिन्छ। कति दिनमा उनीहरूमा भाइरस हराउँदै गयो यस्ता विषयवस्तु अनुसन्धान गर्न लागेका हौं।

यस्तो अनुसन्धान विभिन्न देशका अस्पतालले गर्दै आएका छन्। जुन अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन र राष्ट्रिय अनुसन्धान परिषद् सबै अस्पतालमा सुरु गर्न लागेका छौं।

सरकारले परीक्षण गर्ने दायरा बढाएको भन्दै आएको छ। आजको दिनमा पनि टेकु अस्पतालमा परीक्षण गर्न आउँदा लाम देख्न सकिन्छ। कस्ता व्यक्तिहरूले अस्पतालमा परीक्षण गर्दै आएको छ?

हाल अस्पतालको दैनिक २ सय ८० भन्दा माथि नमूना परीक्षण गर्ने क्षमता छ। घरबेटीले पिसिआर रिपोर्ट ल्याउनू भनेर दबाब दिएका कारण अस्पतालमा धेरै भिडभाड रहँदै आएको छ। हामीले पहिलादेखि नै भन्दै आएका छौं।

जुन व्यक्तिलाई कुनै लक्षण देखा परेको छ, कोरोनाको संक्रमण भएको ठाँउबाट आएका वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण भइरहेको छ।
हिरासतमा राखिएका व्यक्तिलाई अदालतमा म्याद थप गर्न वा बयान दिन जानुपर्दा सबै पिसिआर परीक्षण गर्न आउने गरेका छन्। अमेरिकाजस्तो विकसित देशमा सम्भव नभएको स्थितिमा हामीले कहाँबाट गर्न सक्छौँ ?

कोही अफिसमा हाजिर हुने, अदालतमा बयान दिने व्यक्तिलाई, छुट्टीमा गएर आएका मानिसलाई परीक्षण गराएर केही फाइदा हुन्छ। जुन अनावश्यक हो। आवश्यक मानिसलाई चाहिने स्रोत अन्यले खर्च गरिदिनुभएन। जुन नगर्नका लागि हामीले केही रणनीति लिएका छौं। सबैको परीक्षण गर्न हामीलाई एकदमै गाह्रो भएको छ। त्यसकारण स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन हामीले अझै पनि खोजिरहेका छौं । मन्त्रालयले दिन सकेको छैन।

अन्य अस्पतालहरूमा सुरक्षा–साम्रगीको अभाव भइरहेको गुनासो सुनिन्छ। तपाईले स्वास्थ्यकर्मीको सुरक्षा साम्रगीको कसरी व्यवस्थापन गर्दै आउनुभएको छ?

हामीले उपचारका साथसाथै संक्रमितलाई मनोसामाजिक काउन्सिल पनि दिँदै आएका छौं। त्यसैगरी, विभिन्न अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई परामर्श दिने, प्राविधिक कन्सल्टेसन गर्ने र तालिम दिने काम गर्दै आएका छौ।

अस्पताल भर्ना भएका अधिकांस बिरामी दीर्घरोगी छन्। सुगरको समस्या, प्रेसरको औषधी सेवन गरेका, टिबी, दमका बिरामी छन्। भर्ना भएका संक्रमितमध्ये ३३ प्रतिशतलाई लक्षण देखिएको छ। पहिला कोरोना संक्रमण हुँदा ज्वरो आउने, सुक्खा खोकी लाग्ने जस्ता लक्षण देखिन्छ भन्दै आएका थियौं। तर, आजभोलि संक्रमितलाई नयाँ–नयाँ लक्षण देखिँदै आएको छ।

अन्य अस्पतालका स्वास्थ्यकर्मीहरू कोरोनादेखि डराइरहेका छन्। हाम्रो अस्पतालमा भएका कर्मचारी कसैलाई पनि डर छैन। कोरोनाका बारेमा जानकारी दिएर हामीले हौसला बढाएका छौं।

रोगका विषयमा सकारात्मक सोचबारे बुझाउँदै आएका छौं। स्वास्थ्यकर्मीलाई उच्च मनोबल दिन सक्नुपर्छ। टेकु अस्पतालमा कामको प्रकृति हेरी स्वास्थ्य साम्रगी उपलब्ध गराउँदै आएका छौं ।

विभिन्न समयमा कोरोना संक्रमित व्यक्ति भेटिनेबित्तिकै अस्पताल सिल हुँदै आएको छ। सुर्खेत अस्पताल, काठमाडौं मेडिकल कलेज, शिक्षण अस्पताल पनि बन्द भए। तर, हाम्रो अस्पताल अहिले पनि बन्द भएन। किनभने, हामीले स्वास्थ्यकर्मी त्यहीअनुसारको सुरक्षा–साम्रगी उपलब्ध गराएका छौं। स्वास्थ्यकर्मीलाई हौसला नै बढाएको कारणले उपयुक्त वातावरण निर्माण भएको छ।

संक्रमण संख्या बढ्दो छ। कोरोना नियन्त्रणका लागि सरकारले अब कुन बाटो अबलम्बन गर्नुपर्छ जस्तो लाग्छ ?

एक महिनाअघि भारतबाट मानिसहरू लुकिछिपी नेपाल प्रवेश गरिहेका थिए। नेपाल नै पछि क्वारेन्टाइनमा बस्ने गरी आफ्ना नागरिक ल्याउन थाल्यो। क्वारेन्टाइनमा बस्ने संख्या बढेको थियो। अहिले त्यसको संख्या घट्दै गएको छ।

अहिले भारतबाट आउने संख्या पनि कम भएको छ। तर, खाडी मुलुकबाट आउने मानिसको संख्या बढ्दै गएको छ। अन्तर्राष्ट्रिय हेल्थ रेगुलेसनअनुसार जुनसुकै देशमा बिरामी भएका नागरिकलाई त्यहीं उपचार गरेर पठाउनुपर्ने हुन्छ। विदेशबाट आएका धेरैको कोरोना परीक्षण नै भएको छैन।

विदेशमा कुनै अभियोग लागेर जेलमा बसेका मानिसहरू धेरैमा संक्रमण भेटिएको छ। टेकुमा संक्रमित ७० प्रतिशतभन्दा बढी विदेशबाट आएका मानिस छन्।
सरकारले विदेशबाट आएका मानिसलाई होल्डिङ सेन्टरमा राख्ने गरेको छ।

तर, यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा निर्माण गरेर १४ दिन राख्नुपर्ने हुन्छ। १४ दिनको अवधिमा पिसिआर परीक्षण गर्नुपर्छ। रिपोर्टका आधारमा उपचार गर्ने वा घर पठाउने गर्नु उत्तम हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय