अचेत अवस्था भेटिएकी एक महिलामा कोरोना संक्रमण, मृत्यु संख्या २७ पुग्यो

कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हाे।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५ देखि ३० वर्ष उनलाई प्रहरीले प्रतिष्ठानमा उपचारका लागि लगेको थियो।

उनको जाँचको क्रमको उनको मृत्यु भइसकेको र परीक्षणको रिर्पोट पोजेटिभ आएको मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। डा. गौतमका अनुसार परिवारको खोजी कार्य भइरहेको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने २७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय