थप ५९३ जनामा कोरोना, संक्रमित ११ हजार ७५५ पुग्यो

शुक्रबार थप देशभर ५९३ जनामा कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ५९३ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या ११ हजार ७ सय ५५ पुगेको छ। हालसम्म १२४९ जना महिला र १० हजार ५०६ जना पुरुषमा संक्रमण देखिएको हो।

हालसम्म रसुवामा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ।। अहिलेसम्म २ हजार ६ सय ९८ संक्रमण निको भएका छन्। नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुने संख्या २६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय