दमकमा थप तीन जनामा कोरोना संक्रमण

झापाको दमक नगरपालिकामा शुक्रबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार कोरोना संक्रमित हुनेहमा दमक ४ का १ जना, दमक ३ का १ जना र दमक १ का १ जना रहेका छन्।

दमक विभिन्न क्वारेन्टाईनमा रहेका ६१ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाइएको थियो। संक्रमित सबैलाई उपचारका लागि बिराटनगर अस्पताल पठाउने तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक वरालले बताए।

दमकमा संक्रमितको संख्या ६ पुगेको छ। ती मध्ये १ जना उपचारपछि निको भएर घर फर्किएका छन्। वैशाख १२ गते कोरोना पुष्टि भएका उनी झापाको दोस्रो संक्रमित हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय